Logo

ओलीपछि प्रधानमन्त्री बन्ने पालो गौतमकै हो : नेम्वाङ (भिडियोसहित)



फागुन १४, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादले यतिबेला उग्र रुप लिएको छ । उपाध्यक्ष बामदेव गौतमले जसरी भए पनि प्रधानमन्त्री बन्ने चाहना देखाएपछि पार्टी अप्ठ्यारोमा परेको हो । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पनि गौतमले प्रधानमन्त्री नै बन्ने चाहना राखेपछि नेकपा के गर्ने भन्नेमा अलमलमा परेको हा ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको प्रयास तत्कालका लागि टरेको छ । यद्यपी सचिवालयले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गर्यो । यो निर्णयप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली असन्तुष्ट बनेका छन् ।

यद्यपी नेकपाका नेताहरुले ओलीपछि प्रधानमन्त्री बन्ने पालो गौतमकै भएको बताएर थमथम्याउने प्रयास गरेका छन् । संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङले ओलीपछि गौतमलाई नै प्रधानमन्त्री बनाउने बताएका छन् ।

मंगलबार प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै नेम्वाङले नेकपाका अन्य शीर्ष नेताहरु प्रधानमन्त्री भइसकेकाले अबको पालो गौतमकै भएको बताएका हुन् ।

तर पाँच वर्ष नपुग्दै ओलीको विकल्प खोज्न थालियो भने देश दुर्घटनामा पर्ने नेम्वाङको तर्क छ । यसको अर्थ अर्को चुनावपछि गौतम प्रधानमन्त्री बन्न सक्ने नेम्वाङको आशय हो ।

https://www.youtube.com/watch?v=i536UtAACRQ



प्रतिक्रिया दिनुहोस्