Logo

४२२ ग्राम बरामद सुन बाँडी खाएको आरोप लागेका १६ प्रहरी (सूचीसहित)



काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका इन्स्पेक्टरसहित १६ प्रहरीले बरामद ४२२ ग्राम सुन आपसमा बाँडेको खुलेको छ । उनीहरुलाई कारबाहीका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनका लागि पत्र लेखेको छ ।

अख्तियारका अनुसार सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेतले सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको कन्टेरमा फेला परेको सुन बाँडी मासेका थिए । ना.६.ख. ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा मिति ११ पौषमा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाई मासेका थिए । यस सम्बन्धमा अख्तियारमा अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने भन्दै निलम्ब्नको पत्र लेखेको छ ।

निलम्बनका लागि लेखी पठाइएका प्रहरी
१. प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
८. प्रहरी जवान शिव नारायण चौधरी
९. प्रहरी जवान युवराज खरेल
१०. प्रहरी जवान भविलाल रुम्बा लामा
११. प्रहरी जवान रामचन्द्र वि।क।
१२. प्रहरी जवान रिता चौधरी
१३. प्रहरी जवान मनोज आले
१४. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१५. प्रहरी जवान तारा बहादुर प्रजा
१६. प्र.का.स. हरी बहादुर श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्