Logo

७० हजार घूससहित वडाध्यक्ष पक्राऊ



काठमाडौं, १४ फागुन । ७० हजार घूससहित वडाध्यक्ष पक्राऊ परेका न् । आज  रुपन्देही समरीमाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्रवण कुमार यादवले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि घूस लिएको आधारमा घूस रकमसहित पक्राऊ गरेको हो ।

यादवले पटक पटक सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले ७० हजार घूस लिइसकेको भन्ने सूचनाको आधारमा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्