Logo

किताबमा लगाईएको करको विरोधमा माईतीघरमा प्रदर्शन, गगन थापाको साथ (फोटोफिचर)



काठमाडौं, १४ फागुन । काठमाडौंको माईतीघरमा आयोजित किताबमा कर लगाउने सरकारको निर्णयको विरोधमा कांग्रेस युवा नेता गगन कुमार थापा र कांग्रेसकै बौद्धिक नेता प्रदीप गिरीको साथ र समर्थन रहेको छ ।

विद्यार्थीहरुले पछिल्ला दिनमा पुस्तकमा लगाईएको करको विरोध गरिरहेका छन् । यो विरोध आज (बुधबार) चलेको छ । उक्त विरोध कार्यक्रममा नेता तथा विद्यार्थीहरु सडकमा प्रदर्शन गरेका छन्। ‘किताबमा कर, फिर्ता गर’, ‘हामी विद्यार्थी हौँ, परिस्थितिले विद्रोही बनाइदियो’ लगायतका नारा लेखेर विद्यार्थीले प्रदर्शन गरेका छन्।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले दिएको जानकारीअनुसार कांग्रेस सांसद समेत रहेको नेता प्रदीप गिरीले प्रजातन्त्रमा सबैले पढ्‍न पाउनु पर्ने अधिकार रहे पनि अहिलेको सरकारले शिक्षामा कर लगाएर नराम्रो विभेद गरेको गुनासो पोखेका थिए । , त्यस्तै, युवा नेता तथा सांसद गगन थापाले पनि किताबमा कर लगाउनुले सरकारको निरङ्कुशता झल्किएको टिप्पणी गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्