Logo

राष्ट्रपति आउँदा विदा



काठमाडौँ, १५ फागुन । मन्दिरमा पूजा र भवन उद्घाटनको कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि बैतडी र दार्जुलाका दुई–दुई पालिकाले सार्वजनिक बिदा दिने निर्णण गरेका छन् ।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् । आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्