Logo

युद्वकालको वार्तास्थल पुगे महरा, आफूमाथि षडयन्त्र गरेको गुनासो



फागुन १५, दाङ । पूर्व सभामुख कृष्णबहादुर महराले बार्ता र मेहनत गरेर ल्याएको संघिय गणातान्त्रिक सरकारले आफुलाई भुमरीमा फसाएको गुनासो गरेका छन् ।

बिहिबार पश्चिम दाङको हापुरेमा रहेको बार्ता भवनको अवलोकण पछि संछिप्त कुरा गर्दै महराले षडयन्त्रलाई परास्त गरेर जितेर आएको बताएका हुन् । आफ्नो जितमा जनताको माया र साथ रहेको भन्दै उनले धन्यवाद दिए ।

“मलाई अहिलेको सरकारले संक्रमण ढंगले भुमरीमा फसाएको भएता पनि म भुमरीबाट निस्किए । मैले जितेँ, त्यो जित मेरो नभई जनताहरुको माया, ममता, शुभेच्छा, सद्भाव र समर्थनले गर्दा हो ।” महराले भने ।

महराले २०६० साल साउन ३२ गते देखी भाद्र ५ हापुरेमा तत्कालीन माओबादीको तर्फबाट आफु र अर्का नेता बाबुराम भट्टराई बार्ताको लागि आएको स्मरण गरे । बार्ताको क्रममा दोरम्भामा सेनाले माओवादीको हत्या गरेपछि बार्ता सफल नभएको महराले बताए ।

वार्ता असफल भएपछि आफु भुमिगत भएको उनले स्मरण गरे । १८ वर्षअघि भएको उक्त वार्तास्थलको भवन अवलोन गर्दा खुशी भएको उनले बताए ।

त्यसबेला बार्ताका लागि प्रयोग गरिएको भवन ऐतिहासिक भएको महराको भनाई थियो । नयाँ संविधान र, लोकतान्त्रीक गनतन्त्रण अहिले खतरामा परेको महराको भनाई थियो । “जनताले संघर्ष गरी ल्याएको परिवर्तन खतरामा छ, त्यसको रक्षाको लागी म दृढतापूवर्क लागि पर्ने छु ।” महराले भने ।

महरालाई दाङको तुलसीपुर, विजौरी, श्रीगाउँ, खैरेनीमा नागरिकहरुले र बबई गाउँपालिकाले समेत स्वागत एवं सम्मान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्