Logo

भावी आइजीपीमा थापा र पालबीच प्रतिष्पर्धा हुने निश्चित



काठमाडौं, १५ फागुन । नेपाल प्रहरीको एआइजीमा तीन डिआइजीको नाम सिफारिश भएको छ । सिफारिशमा परेका नाममा तारिणप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् ।उनीहरुको नाम गृहमन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गर्नेछ । बढुवा हुने निश्चितप्रायः छ ।

लम्साल हालका आइजीपी ठाकुर प्रसाद ज्ञवालीका ब्याची हुन् । शैलेश थापा र हरि पाल ज्ञवाली पछिका ब्याची हुन् । दुवैजना भावी आइजीपीका मुख्य प्रतिष्पर्धी हुन् ।
थापा प्रहरी प्रवक्ता छन् भने पाल विशेष ब्यूरोका इञ्चार्ज छन् ।

थापा र पालका ब्याची निरज शाही र प्रद्युम्न कार्की भावी आइजीपीको प्रतिष्पर्धाबाट लगभग बाहिरिएका छन् । विश्वराज पोखरेलको असारमा आइजीपी बन्ने सम्भावनामा समेत पूर्णविराम लागेको छ । अब उनले थापा र पालको ब्याचपछि आइजीपीका लागि प्रतिष्पर्धा गर्नुपर्नेछ ।

हालको प्रहरी नियमावली अनुसार ज्ञवाली असारमा ३० वर्षे सेवावधि पूरा गरी घर जानेछन् । त्यसपछि थापा र पालबीच प्रतिष्पर्धा हुनेछ । प्रहरीको बढुवा समितिले लम्साल, थापा र पालको नाम सिफारिश गरेको हो । ज्ञवालीका ब्याची सूर्यप्रसाद उपाध्याय बढुवामा परेनन् । अब उनी डिआइजीबाटै असारमा सेवानिवृत्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्