ललितपुर, १६ फागुन । भैंसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा तोडफोड गरेको अभियोगमा चार महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर ललितपुरले प्रेस विज्ञप्ति जारी गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा माला शाह, गोमा केसी, शोभा खड्का र रुपा घिसिङ छन् । उनीहरुमध्ये माला शाहले हेम खत्रीविरुद्ध पुरानो सम्बन्धको आरोप लगाएकी छिन् । बिहिबार खत्रीको भैंसेपाटीस्थित घरमा महिलाहरुको समूह प्रवेश गरेका थिए । उनीहरुलाई प्रहरीले बल प्रयोग गरेको भिडियो सार्वजनिक भएको थियो । जसमध्ये हेमा श्रेष्ठमाथि इन्स्पेक्टर देवीप्रसाद पौडेलले लाठी प्रहार गरेका थिए ।
हेम खत्रीको परिवारका उजुरीका आधारमा चार महिलाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले प्रेस विज्ञप्तिमार्फत् हेम खत्रीको श्रीमती तथा छोरी समेतलाई जथाभावी व्यवहार गरिरहेको र घरमा धनमाल तोडफोड गरेर क्षति पुर्याएको भन्ने उजुरीका आधारमा नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।




प्रतिक्रिया