Logo

लागूऔषधसहित महिला पक्राउ



काठमाडौं, १८ फागुन । लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् । शुभद्रा तिमिल्सिनालाई नाइट्रोभेट २ सय ७९ ट्याब्लेट सहित प्रहरीले शनीबार पक्राउ गरेको हो ।

पनौती नगरपालिका पनौती बजारस्थित डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका घर भएकी तिमिल्सिनाको ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा लुकाइछिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको थियो ।

त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका सिद्धार्थ मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित २ जनालाई करिब ३ ग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रेखा कुमारी मगर र साफुदिन आलम रहेका छन् । ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्