Logo

पोपमाथि कोरोना भाइरसको आशंकामा परीक्षण



एजेन्सी, २० फागुन । रोमन धर्मगुरु पोप फ्रान्सिस विरामी परे । उनलाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा परीक्षण गरियो ।

पोपमाथिको परीक्षणपछि नतिजा नेगेटिभ निस्कियो । उनी कोरोना भाइरसबाट संक्रमित नभएको निश्चित भएको छ । इटालीको पत्रिकाका अनुसार उनको टेष्टका क्रममा कोरोना भाइरसको संक्रमण नभएको निश्चित भएको हो । भ्याटिकनले पनि पोपलाई कोरोना भाइरसको संक्रमण नभएको स्पष्ट पारेको छ ।

यसअघि पोपलाई कोरोना भाइरस भएकोहल्ला चलेको थियो । इटालीमा कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न हल्लाहरु चलिरहेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्