Logo

कोरोना भाइरस संक्रमित जापानमा सित्तैमा जान पाएपछि..



काठमाडौं, २० फागुन । सित्तैमा पाए अलकत्रा पनि खाने ! यो उखान नेपाली समाजमा प्रचलित छ । त्यस्तै भएको छ नेपाल वायु सेवा निगमको सोमबार नारिताका लागि भएको उडानमा ।

विश्वभर कोरोना भाइरसको संक्रमण बढेको र जापानमा पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । जापानमा क्रुज जहाजमा समेत कोरोना भाइरसका संक्रमित भेटिए । संक्रमणका कारण मानिसहरुको ज्यान पनि गएको छ । जापानले कोरोना भाइरसका कारण स्कुलहरु बन्द गरेको । यस्तो जोखिम जान्दा जान्दै सित्तैमा उड्न, खान बस्न पाइने भएर २१ जना जापान उडे ।

नेपाल वायु सेवा निगमले ती व्यक्तिहरुको आतेजाते टिकट, भिसा शुल्क, होटल खर्च, दैनिक भ्रमण भत्ता व्यहोरेको छ । निगमको सञ्चालक समिति सदस्य तथा सांसदहरु सित्तैमा उड्ने सूचीमा छनु । उनीहरुलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाइमा प्रतिकोठा दैनिक १ सय १२ डलर, जानेआउने हवाई टिकट, कार्यक्रमलगायत खर्चको बिल निगमलाई बेहोर्न भनिएको छ ।

सोमबार जापान उडेको टोली बुधबार फर्कदैछ । अब उनीहरुको स्वास्थ्य परीक्षणको विषय आउनसक्छ । चिकित्सक समेत रहेका नागरिक अगुवा सुन्दरमणि दिक्षितले सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमित देशमा उडान रोक लगाउन भन्दा भन्दै किन उड्न दिएको भनी प्रश्न गरेका छन् । जापान पनि संक्रमण बढेको देशमा परेकाले फर्केर आएकाहरुले कोरोना भाइरस बोकेर आउन सक्ने जोखिम रहेको बताए ।

भ्रमण दलमा पर्यटनमन्त्री योगेश भट्टराईको सचिवालयका स्वकीय उपसचिव प्रेम गुरागाईंसहित दुई जना प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, काठमाडौं विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, सरकार निकट पत्रकारहरूको संगठनका ४ जना पत्रकार, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र निगमकै नायब महाप्रबन्धक गणेशबहादुर चन्द पनि यो भ्रमणमा जाँदै छन् । यो भ्रमण टोलीमा मन्त्रीका प्रेस संयोजक राजेश राई पनि छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्