Logo

कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ



एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण हुनेवित्तिकै कुनै पनि व्यक्तिको मृत्यु भइहाल्दैन । अध्ययनले कोरोना भाइरस लागेको व्यक्तिको मृत्युको संख्या एक देखि दुई प्रतिशतसम्म हुने देखाएको छ ।

मृत्युको सम्भावना कम या बढी विभिन्न अवस्थाले समेत निर्धारण गर्दछ । जसमा उमेर, लिंग, सामान्य स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता पर्दछ ।

चीनमा कोरोना भाइरस संक्रमितमाथि गरिएको अध्ययनले जति कम उमेर भयो उति मृत्युको सम्भावना कम हुने देखिएको छ । दश वर्ष मुनीका बालबालिका कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना नै कम हुन्छ । यदि संक्रमित भएमा उनीहरुको मृत्यु हुने सम्भावना अति न्यून हुन्छ ।

४० वर्ष मुनीका मानिसको पनि संक्रमित हुने संख्या कम नै हुन्छ । उनीहरुको मृत्युको सम्भावना पनि उत्तिकै न्यून छ ।

५० देखि ६० वर्षबीचका मानिस संक्रमित हुने सम्भावना र मृत्युको सम्भावना पनि बढी नै हुन्छ । ७० वर्षभन्दा माथिको उमेर समूहको संक्रमित हुने सम्भावना अति बढी र मृत्युको सम्भावना पनि बढी हुने अध्ययनले देखाएको छ ।

महिलामा भन्दा पुरुषमा बढी संक्रमण देखिएको छ । मृत्यु भएकामा पनि पुरुष बढी छन् ।



प्रतिक्रिया दिनुहोस्