Logo

कोरोना भाइरसबाट बच्न ट्वीटरले कर्मचारीलाई घरबाटै काम गर्न भन्यो



एजेन्सी, २० फागुन । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ । ब्लगमार्फत् ट्वीटरले कोरोना भाइरसको जोखिम बढेका देशका कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो ।

ट्वीटरले दक्षिण कोरिया, जापान र हङकङस्थित आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको हो । ट्वीटरले सँसारभरका आफ्ना पाँच हजार कर्मचारीलाई घरबाटै काम गर्न लेखेको छ । ट्वीटरले आफ्नो उद्देश्य कोरोना भाइरसको संक्रमण फैलन नदिने रेको समेत उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्