Logo

कोरोना भाइरसको लक्षण र बच्ने उपाय



एजेन्सी, २० फागुन । कोरोना भाइरस सँसारका आधा भू भागमा फैलिइसकेको छ । विश्वका ७० भन्दा बढी मुलुकका झण्डै एक लाख मानिसहरु संक्रमित भइसकेका छन् । मनेको संख्या ३० हजार नाघिसकेको छ । दुई महिना अघि चीनबाट देखापरेको भाइरसको लक्षण के हो ? यसबाट कसरी बच्न सकिन्छ ।

यो सामान्य ज्वरोबाट थाहा हुन्छ । ज्वरोपछि सुख्खा खोकी लाग्छ । एक हप्तापछि स्वास फेर्न कठिन हुन्छ । यसले मानिस सिकिस्त विरामी भने पर्दैन । सामान्य नै देखिन्छ । सामान्य रुघाखोकी र ज्वरो आउँदाको जस्तै हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार टाउको दुख्ने, खोकी लाग्ने, मांशपेशी दुख्ने, स्वास फेर्न कठिन हुने, ज्वरो आई थकान महशुश हुने यसका मुख्य लक्षण हुन् ।

केही रोगीलाई कोरोना भाइरसले निमोनिया समेत गराउन सक्छ । स्वासप्रस्वासको रोग लागी बहुअंगले काम गर्न छाडेर ज्यान जान सक्छ । विश्व स्वास्थ्य संगठनले १४ दिन भाइरसको संक्रमणको असर देखिने उल्लेख गरेको छ । केही अनुसन्धानले २४ दिन भनेको छ ।

बच्ने उपाय
नियमित हात धुनुपर्छ । यो रोग संक्रमित व्यक्तिबाट बढी फैलन सक्छ । त्यसैले एक आपसमा हात मिलाउने, नजिक बस्ने गर्दा निकै ध्यान दिनुपर्छ । खोकी लाग्दा र हाच्छिउ गर्दा मुख छोपेर गर्नुपर्छ ।

खोकी लाग्दा र हाच्छिउ गर्दा प्रयोग भएका टिस्यु अथवा रुमालको सही व्यवस्थापन गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्