Logo

संसदमा कोरोनाको त्रास



काठमाडौं, २० फागुन । कोरोनाको त्रासका कारण विश्वका कतिपय देशहरुको संसद बैठक स्थगित गरिएको छ । इरानमा कोरोनाको संक्रमणमा सांसदहरु समेत परेका छन् । यसले नेपालमा पनि त्रास उत्पन्न भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा कोरोनाको त्रास बढेको छ । सांसदहरुले कोरोनाको विषयमा आफू आफू पनि छलफल गर्न थालेका छन् । कोरोनाको सम्भावित संक्रमणबाट बच्न पूर्व तयारीको समेत विषय संसदमा उठ्दै आएको छ ।

राष्ट्रियसभामा आज १९ सदस्यको बिदाई भयो । त्यस क्रममा पनि कोरोनाको चर्चा चल्यो । भोलि राष्ट्रियसभामा १८ जना निर्वाचित सदस्यको सपथको मिति तय भएको छ ।

प्रतिनिधिसभामा पनि कोरोनाको त्रास बढेको छ । सांसदहरुले संक्रमणको खतराबारे आपसी कुराकानी गरेको एक सांसदले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्