Logo

कोरोना भाइरसबाट जोगिन माछामासु राम्ररी पकाएर मात्र खानुपर्छ- डा. वासुदेव पाण्डे



काठमाडौं, २१ फागुन । वरिष्ठ चिकित्सक डा. वासुदेव पाण्डे इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन् । पछिल्लो समय उनी निकै व्यस्त छन् । कोरोना भाइरसको संक्रमण हुन नदिन विशेष जिम्मेवारी आएको छ । सरुवा रोग विशेषज्ञ समेत रहेका डा. पाण्डेसँग ऋषि धमलाले कोरोना भाइरसको संक्रमण हुन नदिन अस्पतालले अपनाएको नीति तथा रोगबाट बच्न के के गर्नुपर्छ भन्नेबारे गरेको कुराकानीः
नेपालमा कोरोनाको अवस्था के छ ?
नेपालमा अहिलेसम्म एकजना व्यक्तिमा रोग पत्ता लागेको हो । त्यसपछि हामीले २५ जनामा आशंका लागेकार टेकू अस्पताल राखेर चेकजाँच गर्यौं । ती सकैमा पनि कोरोनामा भाइरस देखिएको छैन । त्यो हिसाबले हेर्दा नेपाल अहिलसम्म सुरक्षित अवस्थामा छ ।
तपाईंले सुरक्षित भनिरहँदा जनतामा सन्त्रास छ नि ?
सबैभन्दा मुख्य कुरा डब्ल्यू एचओको नेपाललाई अति जोखिमपूर्ण सुचीमा राख्यो । त्यही बेला फेरि डब्ल्यू एचओले के पनि भनेको थियो भने, नेपालमा १ महिना पहिला १ जनालाई कोरोना लागेको थियो । त्यसबाट सचेतना अपनाएर रोग पैmलिन नदिने देश नेपाल हो भनेर । त्यसो हुनाले उसले नेपालको प्रसंसा पनि गरेको छ । चीन र भारतको बीचमा रहेको देश भएर पनि अहिलेसम्म सुरक्षित भएको अवस्था छ । चीन छिमेकी मुलुक भएकाले पनि सबै जना डराउनु पर्ने अवस्था त छ । तर, धेरै चिन्ता लिँदा पनि त्यो आपैm रोग हो भन्ने लाग्छ । हामीले सतर्कता पुरै अपनाउनुपर्छ । अलिकत गलत प्रचारहरु पनि भएका छन् । टेकूमा चेकजाँच गराउनेबित्तिकै कोरोना आयो भनेर प्रचार¬–प्रसार गरिदिने । यस्ता कुराले धेरै डर–त्रासहरु पैmलिएका छन् । यो कुरा यहाँमार्पm भन्छु, ‘हामीले सरसफाईतिर विशेष ध्यान दिनुपर्यो । गलत प्रचार गर्नुभएन । त्यसको तयारीमा छौं हामी ।
तपार्इंले कुनै समस्या छैन भनिरहँदा हिजो मात्रै टेकू अस्पतालमा ४ जना भर्ना भए, अभैm २ जना त अस्पतालमै छन् नि ?
पहिला चीन हाम्रो जोडिएको देश हो भनेर त्यहाँको मात्रै भर्ना गर्ने चलन थियो भने अहिले स्थानीय रुपमा पनि रोग पैmलिएका देशबाट आएका व्यक्तिहरुलाई हामीले भर्ना गर्नुपर्ने चेकजाँच गर्नुपर्ने हाम्रो दायित्व हो । टेकुमा भर्ना गर्नेबित्तिकै उनीहरुलाई रोग भएको भन्न मिल्दैन ।
त्यसोभए हिजो कतारबाट फर्किएकाहरुलाई पनि कोरोना देखिएन ?
कतारबाट फर्किनेको हामीले जाँचीसकेको छैन । त्यहाँहरु हिजो मात्रै आउनुभएकोले र्यालको पनि स्याम्पोल लिनुपर्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला त्यसको परीक्षण कमसेकम एक दिन लाग्छ । त्यो जाँचेर आज मात्रै त्यसको रिपोर्ट आउँछ । चार जना त उहाँहरुमा रोग नदेखिएपछि घर जानुभयो ।
रोगको गाम्भीर्यता ध्यान दिएर जसरी सावधानी अपनाउनुपर्ने हो त्यतातिर सरकार गएन भन्ने आरोप छ नि ?
यो स्वाभाविक पनि हो । जापानको जस्तो स्ट्रोङ स्वास्थ्य अवस्था हाम्रो छैन । त्यो कुरा पक्कै पनि हो । तर, पनि हामीहरु गम्भीर रुपमा लागेका छौं । सबैभन्दा पहिलो कुरा हाम्रो एउटा मात्रै एयरपोर्ट भएकाले त्यहाँ बाहिरबाट मान्छे आउनेबित्ति चेकजाँचको व्यवस्था गरिहाल्न् मेकानिजम धेरै बलियो रुपमा भएको छ । सरकारको प्रयासले पूर्ण रुपमा सफल हुन सक्दैन । त्यसमा तपार्इंहरुको सल्लाह, सुझाव र व्यक्ति आपैm पनि सचेत हुनुपर्छ । यसमा मुख्य कुरा हात राम्रोसँग धुने । हातैबाट रोगहरु भित्र जाने गरेको पाइएको छ । डब्ल्यूएचओले पनि त्यही भनेको सरसफाइमा विशेष ध्यान दिने । यो हावाबाट सर्ने होइन । नजिकै बस्दा, हाछ्यु गर्दा, हात मिलाउँदा यो रोग सर्ने भएकाले त्यसमा सचेत हुने । सबै भन्दा पहिलो कुरा सरसफाइलाई विशेष ध्यान दिनुपर्छ । रोगकोबारे सोचेर चिन्तित हुनेहोइन, सचेतना अपनाउनुपर्छ समस्या हुँदैन ।
यसबाट बँच्नको लागि के के गर्नुपर्छ ?
जो विदेशबाट आउनुभएको छ । उहाँहरुलाई सेल्फडिफिनेसन फर्म हामीले बाँडेका छौं । त्यसमा उहाँहरुले भरेका कुरामा लक्षणहरुमा संका लाग्नेलाई हामीले चुकजाच गरका छौं । यसको प्रकोप रहने १० दिन हो । त्यसभित्र कसैलाई रुघा, खोकी लाग्ने, ज्वरो आउने अथवा स्वासप्रस्वामा ग्राह्रो हुने भयो भने तुरुन्त स्वास्थ्य संस्थामा गइदिने । जसलाई रोग लागेको उसले माक्स लगाइदिने । सबैजनाले माक्स लगाउनुपर्दैन । माक्स लगाउने, राम्रोसँग हात धुने, सरफाइ गर्ने, माछामासु खानुपर्यो भने राम्रो पकाएर खाने । वरिपरिको वातावरणलाई सफा गरिदिने । यो प्रमुख बच्ने उपया हो ।
औषधि पनि सकिन थाल्यो भनिन्छ, माक्सको पनि अभाव छ त्यतातिर तपाईंले ध्यान दिनुभएको छैन ?
हामीले सकेसम्म ध्यान दिएका छौं । बजारमा माक्सको एकदमै अभाव भयो भन्ने कुरा मलाई पनि जानरी भएको छ । अन्य औषधि जस्तो एयरपोर्टमै कुनै विरामी प¥यो भने त्यसलाई पीपी दिएर अस्पतालसम्म ल्याउनुपर्छ । हस्पिटलमा चाहियो । अब हामीले माक्स औषधिहरु अझ बढाउनुपर्ने छ । बजारमा औषधि अभाव भएको कुरा औषधि व्यवस्था विभाग र स्वास्थ्य मन्त्रालय गम्भीर छ ।
कालाबजारीहरुले ब्ल्याकमा धमाधम माक्स बेचिरहेका छन् नि ?
यसको नियन्त्रणका लागि अरु मन्त्रालय पनि सहभागी हुन जरुरी देखिन्छ । स्वास्थ्य मन्त्रालय यसको गुणात्मक र संख्यात्मक हेर्ने हो । कालाबजारी हेर्ने अर्कै मन्त्रालय छ । उसले अनुगमन गर्नेपर्छ ।
अनुगमन त स्वास्थ्य मन्त्रालयले पनि गर्नुप¥यो नि, तपाईहरुको दायित्व हो ?
हामीहरुको दायित्व हो । त्यसमा सचेत पनि छौं । तर, हामी अहिले रुशेष रुपमा प्रदेशस्तरमा पनि यो अभियानलाई लानुपर्छ भनेर हाम्रा निर्देशकज्यूहरु सातै प्रदेशमा गएर मूख्यमन्त्री लगायतसँग छलफल गरेर आउनुभएको छ । त्यसमा विरामी ल्याए कसरी राख्ने, औषधि अभाव के गर्ने ? चिकित्सकको व्यवस्था कसरी गर्ने भन्ने विषयमा एकदमै लागि परेका छौं । तर पनि यहाँले भने जस्तो अझ धेरै गर्नुपर्ने अवस्था देखिन्छ ।
विदेशबाट आउनेहरुको लागि कोरोना परीक्षण र उपचार पद्धति छ कि छैन एयरपोर्टमा ?
यसमा डब्ल्यूएचओले पनि भनि सकेको छ १ जना भन्दा बाहेक नेपालमा कोरोनाका विरामी देखिएका छैनन् । विदेशबाट विभिन्न रुटबाट आएका छन् । फेरि फर्केर घर गएका छन् । उनीहरुलाई हामीले यसरपोर्टबाट जाँचपडतालमा लगेका छौं । १ महिना एकजनालाई देखिएको तर अहिलेसम्म अन्यमा संक्रमण नभएको भने पछि हाम्रो सफलता हो । दिन एयरपोर्टमा ५ देखि ७ हजार व्यक्तिहरु बाहिरबाट आउँछन् । उनीहरुलाई चेकजाच गर्न हामीले यरपोर्टमा ८ जनाबाट थपेर अहिले ३० जना पु¥याएका छौं । यसमा पनि अझ बढाउने भनेर कुरा चलिरहेको छ । तर, हाम्रो देशमा लोकस ट्रान्समिसन नभएकाले बाहिर जानेहरुलाई चेकजाँच गर्नेपर्ने आवश्यक नदेखिएको हो । मान्छे आउने संख्या हेरेर एयरपोर्टमा अभैm स्टाफ बढाउनुपर्ने छ, त्यसको लागि सुरक्षा गार्डको पनि व्यवस्था गर्नुपर्ने छ । किन भने मानिसहरु लाइन नगई एकदमै भिडभाड गरिदिने संख्या बढेको छ । त्यसमा स्क्यानरले देखाउन नपाउँदै अगाडि बढिदिने यस्तो समस्याले अलि कमजोरी भइरहेको छ । कसै–कसैले सिटामोल नै खाएर आइदिने त्यसले ज्वरो आएको छ कि छैन हामीलाई थाहा नहुने । यसलाई व्यवस्थित गर्न अभैm सचेत भएर लाग्छौं ।
धेरै उडानहरु रद्द गर्नुपर्छ चीनसँग सम्बन्ध नै निमिट्यान्न पार्नुपर्छ भनिएको छ कत्तिको सम्भव छ ?
त्यहाँसम्म गर्न हाम्रो अधिकारभित्र पर्दैन । उडानै रद्द चाहीं नेपाल सरकारले गर्ने होला । डब्ल्यूएचओले अहिलेसम्म अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छैन । त्यसलाई हामीले रोक्न मिल्छ जस्तो लाग्दैन ।
स्कुल, कलेजहरु पनि बन्द तयारीमा हो सरकार ?
त्यसको बारेमा धेरै जानकारी छैन । त्यतिसम्म अहिले नै गरिहाल्नुपर्छ जस्तो लाग्दैन । किन भने यो कोरोना मात्रै नभएर साधारण रुघाखोकी पनि अहिले पैmली राखेको अवस्था हो । त्यो हिसाबले मास ग्यादरिङ नहुने, सभासम्मेलन नजाने, धेरै भिडभाडमा नजाने त्यो त धेरै राम्रो कुरा हो । त्यो गर्दा कोरोना मात्रै नभएर इन्फुलाइन्जाको लागि पनि राम्रो कुरा हो । स्कुल, कलेज नै बन्द गर्ने चाहिं मलाई त्यति थाहा छैन, दिउँसो मिटिङमा थाहा होला ।
विद्यालय परीक्षा पनि चैत्र पाँचभित्र सक्न आह्वान गरिएको छ नि ?
मलाई लागेअनुसार तापाक्रम वृद्धिसँग घट्दै जाने हो । चाइना पनि घट्ने क्रम चारी छ । विश्वको लगभग ८० देशमा पैmलिसकेको छ । तर, धेरै देशमा देखिए पनि पछिल्लो समय विरामी संख्या घटेको छ । अर्को २ हप्तामा निकै कम हुन्छ भन्ने मलाई लाग्छ । विद्यालय बन्द गर्ने कुरा त जापान सरकारले बन्द ग¥यो किन भने त्यहाँ लोकल ट्रान्समिसन भएको छ । हाम्रो त्यो नभएको हुनाले अहिलेसम्म कोरोना भाइरस नदेखिएकाले स्कल, कलेज नै बन्द गर्नुपर्छ जस्तो लाग्दैन । जमघट चाहीं कम गर्नुपर्छ ।
यसपटकको होली कस्तो हुन्छ ?
चाइनामा न्यू एयरहरु आउनुभएन । हामीले होली मनाउँदा सानो ग्रुपमा मनाउनुपर्छ भन्ने लाग्छ । ठूलो जमघट गरेर तामझाम गरी नमनाइदिए धेरै राम्रो हुने थियो ।
पहिलाको जस्तो भीडभाडमा होली मनाउन सकिँदैन ?
हो, सकिँदैन ।
घरमा मात्रै मनाउने सार्वजनिक ठाउँमा नमनाउने ?
आफ्नो घरमा मात्रै । जहाँ आफ्ना नातेदार, क्लोज साथीहरुबीचमा मात्रै मनाउने मास जमघट नगरिदिए धेरै राम्रो ।



प्रतिक्रिया दिनुहोस्