Logo

लागूऔषध सहित ३ जना पक्राउ



काठमाडौं, २१ फागुन, लागूऔषध गाँजा सहित प्रहरीले दुई जनालाई बुधबार बिहान पक्राउ गरेको छ ।
गाँजा ५ सय ग्राम सहित महेश सहनी र सुरेश सहनीलाई नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० बि ३००६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

त्यस्तै प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले धादिङ गजुरीमा, रामपुरका देवानलाई अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ज २९८७ नम्बरको माईक्रो जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी माईक्रो चालक देवानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्