Logo

मोटोपन र तौल घटाउने जुस



आजको समयमा माटोपन एक गम्भीर समस्या भएको छ । यसले चलिरहेको शरीरमा नराम्रो र भद्दा देखिन्छ । यो रोग गम्भीर रोगका कारण बन्न सक्छ । यसले तपाईका जीवनमा गतिशिलतालाई नै रोकिदिन्छ र। सानो सानो काम गर्नका लागि धेरै मुस्किलले गनुपर्ने हुन्छ ।

तपाईलाई यो समस्याबाट टाढा हटाउनको शाकाहारी फलबाट बनेको जुस प्रभावकारी हुनेछ । जसलाई नियमित रुपमा पिएपछि तपाईको शरीरलाई फिट र फाइन राख्दछ । यसको नियमित सेवनले तौल पनि घटाउँछ । साथै शरीर पनि स्लिम र ट्रिम हुनेछ ।

बन्दागोबी को जुस

बन्दागोबीमा फाइबरको मात्रा धेरै हुन्छ । यसलाई जुस बनाएर पानीमा मिसाई तपाईले पिउँदा यसमा फाइबर धेरै हुन्छ । यो पेटमा धेरै बेर अडिने भएकोले तौल नियन्त्रण गर्न सहायता गर्दछ ।

टमाटरको जुस

एक अध्ययनले नियमित टमाटरको जुस पिउँदा कम्मर मुनी हुने समस्या नियन्त्रित हुने जनाएको छ । नियमित रुपमा यस्को जुस पिउँदा महिलाहरुमा हुने कम्मरको समस्या हट्ने गर्दछ ।

चुकन्दरको जुस

चुकन्दरमा जुसमा भिटामिन ‘सी’ फोलेट, म्याग्रेशियम, फलाम, तामा र पोटासियम जस्ता पोषक तत्व हुन्छन् जसले व्यायामको लामो अवधिपछि पनि तपाईलाई थकाईको महसुस नभई दिनभर ऊर्जा प्राप्त भई कार्य राम्रो हुनेछ ।

करेलाको जुस

करेलाको जुस धेरै समस्याको उपचारको लागि बहुउपयोगी हुन्छ । आर्युवेदका अनुसार लौका मधुमेह र हाइपरटेनशन का रोगीहरुलाई धेरै उपयोगी हुने गर्छ । यसले ब्लड, सुगर को लेवल राखी इन्सुलिनको उत्पादन बढाउने गर्छ । यस्ले शरीरभित्र भएको सुगरको लेवल नियन्त्रण गरी तौल पनि कम गराउँछ ।

लौकाको जुस

दैनिक बिहान एक गिलास लौकाको जुस पिउँदा ऊर्जा मिल्नेछ । यसको जुस पिउँदा पेट भरिएको महसुस हुनेृ गर्छ । लौकाको जुस पिउँदा शरीरमा रक्त सञ्चालन राम्रो भई छालामा पनि चमक आउन थाल्छ ।

पालकको जुस

पालकमा थाइलैक्वाड हुन्छ । यसको जुस पिउँदा भोक लाग्दैन, त्यसकारण तौल नियन्त्रण गर्दछ ।



प्रतिक्रिया दिनुहोस्