Logo

दुई पटक मिर्गौला प्रत्यारोपण गरेका लक्षुको ओलीलाई सुझाब-चिन्ता नलिनुस



फागुन २१, काठमाण्डौ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि स्वास्थ्य निकै कमजोर हुने धेरैको अनुमान छ । प्रधानमन्त्री केपी ओलीले पनि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेसँगै अब उनको स्वास्थ्य कस्तो हुने हो भन्ने चिन्ता सबैले गरेका छन् । तर चिकित्सकहरुले खतरा नहुने बताइरहेका छन् ।

पोखरा महानगरपालिका वडानम्बर १६ महेन्द्र गुफाका स्थायी वासिन्दा हुन्, लक्षु बस्नेत । उमेरले तीन विस छुन अझै एक वर्ष बाँकी छ । ६० वर्ष पनि नपुगेका बस्नेतले दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका छन् । २० वर्ष पहिले भारतको बेङ्लोर पुगेर उनले पहिलो पटक मृगौला प्रत्यारोपण गरेका थिए । पहिलो पटक प्रत्यारोपण गरेको मृगौलाले १९ वर्ष ३ महिना काम गर्यो ।

त्यसपछि बस्नेतले दोस्रो पटक २०७५ फागुन महिनामा भारतको हैदरवाद गएर मृगौला प्रत्यारोपण गरे । दोस्रो पटक प्रत्यारोपण गर्दा अब बाच्दैनस भनेर अत्याउनेहरु पनि थिए । तर, उनले यस्ता कुरा सुनेन् । बरु उल्टै उनीहरुलाई ढाडस दिए र चिकित्सकको सल्लाह बमोजिम दोस्रो पटक मृगौला प्रत्यारोपण गराए । दोस्रो पटकको प्रत्यारोपणपछि जम्मा १० दिन अस्पताल बसेका उनी दुई महिना आराम गरेपछि काम गर्न कार्यालय नै जान सक्ने भएको उनले बताए ।

लक्षु बस्नेत, दोस्रोपटक मृगौला प्रत्यारोपण गराएका व्यक्ति

दुई पटक मृगौला प्रत्यारोपण गराएका बस्नेत काठमाठौंको महाराजगन्जमा रहेको याका ओभरसिजमा मार्केर्टिङ म्यानेजरको रुपमा कार्यरत छन् । उनलाई भेट्न हामी उनको कार्यालयमा पुग्दा उनी कामको शिलशिलामा बाहिर थिए । केहि समयपछि काम सकेर उनी आफैले गाडी चलाएर कार्यालय आइपुगे । उनी कार्यालय मात्रै होइन गाडी आफै चलाएर पोखरासम्म पुग्दा रहेछन् । दुई पटक मृगौला फेरेका बस्नेत आफ्ना लागि आफै खाना बनाउँछन् । बिहान पाँच बजे उठ्ने उनी आफैले चिया पकाएर परिवारका सदस्यलाई खुवाउने उनले बताए ।

बस्नेतलाई हामीले तपाईले जस्तै प्रधानमन्त्रीले पनि दोस्रो पटक मृगौला फेर्दै हुनुहुन्छ । के सल्लाह दिनु हुन्छ भनेर सोध्दा उनले चिन्ता नलिन सुझाब दिए । पहिलो नम्बरमा फिटिक्कै तनाव नलिनुस, म ठिक हुन्छु र म स्वस्थ्य छु भन्ने आत्माविश्वास बोक्नुस । उनले थपे– केहि हुँदैन उहाँलाई शतप्रतिशत विश्वास म दिन सक्छु ।

बस्नेतको अनुभव सुन्दा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दैमा चिन्ता लिनुपर्ने देखिदैन । चिकित्सकले भनेका कुरामा विश्वास त गर्नैपर्छ, तर यसरी अनुभव नै सुनिसकेपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता लिनुपर्ने देखिदैन ।



प्रतिक्रिया दिनुहोस्