Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न वामदेव अस्पतालमा



काठमाडौं, २२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझेका छन् । उनी आज अस्पताल पुगेका हुन् ।

हाम्रा सहकर्मी ईश्वर कार्कीका अनुसार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको उपचारमा खटिएका डाक्टरहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गौतमले अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्