Logo

किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ



काठमाडौं, २२ फागुन । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बर्दगोरीया गाउँपालिका सडकपुर बौनिया बस्ने दिल बहादुर चौधरीले ती युवतीलाई जानकी गाउँपालिका मनुवाबाट बा.१० च १८३९ नम्बरको जिपमा राखी झबही भन्ने स्थानमा लगेर जिपभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएअनुसार ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्षमी नगरपालिका घर भएका शुक्रराज रम्तेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले रम्तेललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्