Logo

प्रधानमन्त्री ओली सोमबार अस्पतालबाट डिस्चार्ज हुने, तीन हप्तापछि काममा फर्कने



काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा सम्लग्न त्रिवि शिक्षण अस्पतालका डा. प्रेमराज ज्ञावालीले सोमबार सम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने बताएका छन् । ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र यहि अनुसार सुधार भएमा सोमबार भन्दा बढी अस्पताल राख्नुनपर्ने बताएका हुन् ।

डा। ज्ञवालीले अहिले प्रधामन्त्रीसंग दोहोरो कुराकानी भइरहेको र खाना पनि उठेर नै खान थालेकाले इन्फेक्सन बाहेका अरुको कुनै पनि कुरामा समस्या नदेखिएको बताए । इन्फेक्सनको खतरा रहेकाले चिकित्सक र प्रधानमन्त्री पत्नी राधिका शाक्य बाहेक अरु कसैलाई पनि भेट गर्न रोक लगाइएको ऋषि धमलासँग रेडियो नेटवर्कको अन्तवार्तामा बताएका हुन्।

डा. ज्ञवालीले भने,‘उहाँको स्वास्थ्य राम्रो सुधार भइरहेको छ । उहाँलई कस्तो खाना मनपर्ने र के के खुवाउने भन्ने भन्ने कुरा प्रधानमन्त्री पत्नीलाई मात्रै थाहाँ हुने भएकाले भेट गर्न दिएका छौँ । उहाँलाई हामी सोमबार सम्ममा घर पठाउने छौँ । अस्पतालबाट डिस्चार्ज नभएसम्म राष्ट्रपति आए पनि भेटगर्न दिदैनौँ ।’

यहि रुपमा सुधार भएर मिर्गौलाले काम गरेमा प्रधानमन्त्री ओली तिन हप्तापछि नियमित काममा फर्कन सक्ने बताए। ज्ञावालीले प्रधानमन्त्रीसंग आजै अन्तरवार्ता लिएपनि आधा घण्टा सम्म निरन्तर बोल्न सक्ने अवस्था रहेको बताए। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा अन्य इन्फेक्सन चाडै हुने भएकाले केहि समय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा जानु उपयुक्त नहुने उनको भनाई छ ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको पनि स्वास्थ्य नर्मल अवस्थामा रहेको भन्दै आफुहरुको प्रधानमन्त्रीसंग कुराहुँदा राजनीतिक विषयमा नभएको र सन्चो विसान्चोका विषयमा मात्र हुने गरेको ज्ञावालीले बताए । राजनीतिका विषयमा कुरा गर्दा प्रधानमन्त्रीमा अरु इमोसन बढ्ने सक्ने र त्यसले औषधीले गलेको शरिरलाई असर गर्न उनको भनाई छ ।

केहि समयको आरापछि प्रधानमन्त्री ओलीले पहिले जस्तै नियमित १८ घण्टा काम गर्न सक्ने भन्दै ज्ञवालीले विदेशमा भन्दा मिर्गौला प्रत्यारोपण नेपालमा राम्रो रहेको सफलताको दर पनि उच्च रहेको दावी गरे । नेपालमा विशेमा भन्दा चिकित्सकहरु सक्षम रहेकाले यसको उपचारका लागि कुनै पनि विरामी बाहिर जाननपर्ने भन्दै उहाँले अरु रोगको उपचारका लागि पनि नेपाल सक्षम रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्