Logo

नेपाली चिकित्सा क्षेत्रले पाएको विश्वास



काठमाडौं, २३ फागुन । सामान्य रुघाखोकी लाग्दा पनि नेपालका उच्च राजनीतिक नेतृत्व र प्रशासक विदेश धाउने गर्दै आएको सन्दर्भमा मिर्गौला प्रत्यारोपणजस्तो जटिल प्रक्रियाको उपचार स्वदेशमै गराउने प्रधानमन्त्री केपी ओलीले गर्नुभएको निर्णयलाई सराहनीय कदमका रूपमा लिनुपर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताल महाराजगन्जमा बुधवार गरिएको ओलीको मिर्गौला प्रत्यारोपणको सफल शल्यक्रियाले नेपालमा जटिल मानिएको मिर्गौला प्रत्यारोपण कार्यका लागि स्वदेशमै पनि चिकित्सा पूर्वाधार तथा दक्ष जनशक्ति रहेको स्पष्ट पारेको छ । त्यसमाथि मुलुककै कार्यकारी प्रमुखले स्वदेशी चिकित्सक तथा उपलब्ध सुबिधाप्रति जनाएको विश्वासले नेपाली चिकित्सकको समेत हौसला वृद्धिमा सहयोग पु¥याएको कुरालाई नकार्न सकिन्न ।

प्रमको यो कदमले नेपाल पनि मिर्गौला प्रत्यारोपणमा सक्षम रहेको र यसकै लागि विदेश गइनरहनुपर्ने सन्देशसमेत प्रवाह भएको छ । हुन त मिगौला प्रत्यारोपण कार्य यो नै पहिलो भने हैन । यसअघि पनि नेपाली अस्पतालमा नेपाली चिकित्सकबाटै सफल प्रत्यारोपण भएकै हुन् । नेपालमा पहिलोपटक सफल मिगौला प्रत्यारोपण गर्नुभएका डा. असर्फी साहपछि त अन्य थुप्रै नेपाली शल्य चिकित्सकले यसमा आफ्नो सफलताका झण्डा गाड्दै आएका छन् । पछिल्लोपटक स्वयं देशकै प्रमसमेतले नेपाली चिकित्सकको दक्षतामाथि विश्वास गर्दै स्वदेशी चिकित्सकबाटै दोस्रोपटक आफ्नो मिर्गौला प्रत्यारोपण कार्य सम्पन्न गराउनुले यसअघि प्राप्त नेपाली चिकित्सकको क्षमतामाथि थप बल प्राप्त भएको छ, उनीहरुलाई थप हौसलासमेत मिलेको छ ।

प्रम आफैंले आफ्नो मिर्गौला नेपालमै प्रत्यारोपण गरिदिनाले नागरिकमा समेत नेपाली चिकित्सकप्रतिको विश्वास अभिवृद्धिमा समेत यसले थप मद्दत गरेको छ । यसस“गै सामान्य रोगको उपचारमा समेत विदेश धाउने यहाको सुविधाभोगी वर्ग, राजनैतिक व्यक्ति र सरकारी सुविधामा ब्रह्मलुट गर्न पल्केका एकथरि उच्च कर्मचारी प्रशासकको प्रवृत्तिलाई समेत कडा व्यंग्य गरेको छ । १२ वर्षपूर्व भारतको नया“ दिल्लीमा पहिलोपटक आफ्नो मिगौला प्रत्यारोपण गराउनुभएका ओलीले पहिले प्रत्यारोपित मिर्गौलाले काम गर्न छाडेपछि आफ्नो दोस्रोपटकको मिर्गौला प्रत्यारोपण नेपालमै गराउनुले एकपटक मिगौला प्रत्यारोपण गरेपछि पनि दुःख बेसाइरहेका अन्य नेपालीका लागि समेत दोस्रोपटक फेरिने मिगौलाको प्रत्यारोपण गर्न नेपालमै पनि सम्भव रहेको सन्देश प्रवाह गरेको छ । यससगै यो सफलताले बढ्दो उमेर र यसका कारण शरीरका अंगमा उत्पन्न हुने अन्य विकारलाई हटाएर तिनका स्थानमा स्वस्थ अंग प्रत्यारोपण कुनै समस्या नै हैन भन्ने सन्देशसमेत दिएको छ ।

अन्य रोगको उपचारको तुलनामा जटिल र मह“गो उपचार विधि भएका रोगमध्येमै गणनामा आउने मिर्गौला प्रत्यारोपण मुलुककै कार्यकारी प्रमुखको तहमा स्वदेशमै सफलतापूर्वक सम्पन्न हुनु सुखद कुरा हो । तर, प्रमलाई झैं नै मिर्गौलाको समस्या भएका अन्य नेपालीजनलाई पनि यसैगरी उचित उपचार सेवा पाएको खण्डमा प्रमका हकमा भएको यो सुखद घटनाको सार्थकता रहने छ । यो वातावरण निर्माणका लागि पहिलो प्रयास सरकारबाटै हुन जरुरी रहेको छ । जब सबै मिगौलापीडित नागरिकले रोगको औषधि उपचार, डायलसिस र प्रत्यारोपणमा हाल देखिएका झन्झट र समस्याबाट मुक्ति पाउने छन्, उपचारमा सहजता र किफायती वातावरण बन्ने छ । यसका लागि सरकारले तुरुन्तै यसमा देखिएका समस्या न्यून गर्न उचित कदम चाल्नुपर्ने हुन्छ ।

अहिले मिर्गौला प्रत्यारोपण नेपालीको आयस्तरको तुलनामा मह“गो छ । सरकारले घोषणा गरेको मिर्गौला रोगका उपचारमा राज्यका तर्फबाट उपलब्ध गराइने चार लाख रुपैयाँले मिर्गौला रोगको उपचार र प्रत्यारोपणका लागि पर्याप्त छैन । पीडितले रोगको पहिचान र परीक्षणकै नाममा पहिल्यै एउटा ठूलो धनराशि खर्चिइसकेको हुन्छ । यसबाहेक पनि प्रत्यारोपणपछि लाग्ने मह“गो औषधि खर्च सामान्य नेपालीको सामथ्र्यभन्दा बाहिरको कुरा हुन्छ ।



प्रतिक्रिया दिनुहोस्