Logo

धरातलीय नागरिकमा अनुरोध



श्रीजीपि शर्मा : बिश्वमा शूरवीर कहलिएका गोर्खाली हामी यस देशका संस्थापक नागरिक हौं। नेपाली भूमिमा उम्रिएको सनातन धर्मका अनुयायिहरुले पूर्ब टिष्टा, पश्चिम कंगढा, उत्तर सिगात्से र दक्षिण गंगा यमुना सम्मको भूमिमा छातीको रगत बगाई जोडेको देश हो। नेपाल। यो भूमीलाई एकिकरण गरी बृहत नेपाल बनाउँन गोर्खा फूलवारीको बिपना हो। हामी चार जात छत्तीस बर्णका फूलबारी हौं। हाम्रो एकताको प्रतिक संसारको पहिलो प्राकृतिक सनातन हिन्दू संस्कार सिंहासन हो। यो सिंहासन कसैले दिएको नभै हाम्रो बंशजले श्रृष्टि गरेको अलौलिक संस्कार हो।

मानब जीवनले प्राण धान्न श्रृष्टि गरेको कृषि हाम्रो पुर्ख्यौली पेशा हो। उत्पादन र संरक्षणको लागि रगत पसिना बगाउने ूश्रमू हाम्रो पबित्र कर्म हो।

वीरता, सनातन संस्कार, कृषि, श्रम र शान्ति यी पाँच चरित्र हामी नेपालीको अलौलिक, प्रकृतीय अनुशासनको धरातल हो। मानव जीउने कृषि र श्रम नै शासन पद्धतिको जग हो। यो बिश्वब्यापि छ। गोर्खा फूलबारीको मानवीय शासन पद्धति यो दुई धरातललाई टेकि निर्माण भएको छ। अलौकिक पद्धतिको मानवीय शासन देशमा फैलाउन टोल, वडाका स्वयम सेवकहरुले गोर्खा फुलबारीको लिखित पद्धतिलाई मार्गदर्शन बनाई शासन सेवामा संलग्न हुन प्रत्येक गोर्खालीलाई फूलबारी आव्हान गर्दछ।

संपर्कः००९७७-९८४९२५६९११/ ००९७७-१-४४३२२१३

काठमाडौं,४, बिशालनगर, बंशीधर मार्ग।

राष्टिय गान
पृथ्वीको फुलबारी , एकताको चौतारी नेपाल।।
सगरमाथा बिशाल, बिश्वकै एक मुकुट हिमाल।।
युगीन संस्कार, उत्पति भूमि ज्ञान र तपको ।।
शान्तिको सन्देश,उदय मुटु धर्तिको पहिलो।।
गोर्खाली वीरको ,यो मात्री भूमि एतिमा माझमा ।।
सूर्य चन्द्र अंकित, त्रिकोण शान्ति र वीर रंगमा।।
शिरुपाते खुकुरी अमर शक्ति अलौलिक धरतल,
यही हो नेपाल ममतामय, सुन्दरशान्त बिशाल
बन्दना मात्री नेपाल।

 



प्रतिक्रिया दिनुहोस्