Logo

जुवातास खेलिरहेको अवस्थामा पक्राउ



भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकामा तास खेलिरहेको अवस्थामा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका ब्रम्हायणी टाउन प्लानिङ बस्ने डाईमण्ड कासीहवाको घरमा तास खेलिरहेको अवस्थामा ३ जनालाई १ बुक तास र नगद ६ लाख २८ हजार ६ सय ६५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घरधनी कासिहवा, चाँगुनारायण नगरपालिका राम सुन्दर खडका र सोही ठाउँस्थित झौखेल घर भएका प्रकाश थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्