Logo

एसइइ चैत्र ६ मै हुने, त्रिविको परीक्षा पनि नसर्ने



काठमाडौं, २३ फागुन । माध्यमिक शिक्षा परीक्षा एसइइ र त्रिभुवन विश्वविद्यालय विभिन्न परीक्षाहरु नियमित तालिकामै सञ्चालन हुने भएका छन् । कोरोना भाइरसको कारण भन्दै परीक्षाहरु स्थगित भएको भन्ने हल्लाप्रति सरकारले गम्भीर चासो व्यक्त गर्दै हल्लाको पछाडि नलाग्न समेत भनेको छ ।

आज शिक्षा मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् एसईई चैत्र ६ गतेबाट नै शुरु हुने स्पष्ट पारेको छ । मन्त्रालयले हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, चैत्र ६ गते देखि हुने गरी तय भएको एसइइको परीक्षा यथावत रुपमा नै सञ्चालन हुनेछ । परीक्षा सरेका वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न अनुरोध गरेको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु पनि नियमित सञ्चालना आउनेछन् । त्रिविले परीक्षा स्थगित हुने वा नसर्ने स्पष्ट पारिसकेको छ ।
कोरोना भाइरसको कारण देखाउँदै परीक्षा सरेको हल्ला फिजाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्