Logo

प्रधानमन्त्रीको स्वास्थ्यलाभको लागि मन्त्रीहरु दिनभरि अस्पतालमा, मन्त्रालय शुन्य !



काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल रुपमा सम्पन्न भएर अहिले अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नेहरुको ठूलो भीड लाग्ने गरेको छ । पार्टीका शीर्ष नेताहरुदेखि मन्त्रीहरुसम्म दिनहुँ अस्प्ताल पुग्ने गरेका छन् । कतिपय मन्त्रीहरुले त आफ्नो अड्डा नै त्रिवि शिक्षण अस्पताललाई बनाएका छन् ।

त्यसको अलवा प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यहरु समेत अस्पतालमै छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा अस्पतालमै भेटिन्छन् । सबैभन्दा बढि समय अस्पतालमै व्यतित गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल छन् । उनी अस्पतालमै भेटिन्छन् । तर, तत्कालिन माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु बरु अस्पताल कम गएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि रेगुलर अस्पतालमै भेटिने गरेका छन् । दिनमा एक पटक पुग्ने मन्त्रीमा चाहीँ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा अर्याल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङपनि रहेका छन् । खानेपानी मन्त्री बिना मगर त छोरो बोकेर अस्पताल पुगेकी थिईन् । मन्त्रीहरु सिंहदरबारभन्दा बढि त्रिवि शिक्षण अस्पतालमा बढि भेटिन थालेका छन् ।

आजमात्रै अस्पतालले एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भएको जनाएको छ । र, आजबाट त हिँडडुल गर्न थालेको समेत जनाईएको छ । मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको अस्पतालको भनाई छ ।

उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उहाँलाई ठोस आहार दिन थालिएको छ । तस्विर : सूर्य थापाको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्