Logo

महरा अभिनन्दन थाप्दै, रोशनी काममा फर्किईन्



काठमाडौं, २३ फागुन । बलात्कारजस्तो जघन्य अभियोगमा काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका पूर्व सभामुख कृष्णबहादुर महरा यतिबेला आफ्नो निर्वाचन क्षेत्र दाङ र जन्मस्थान रोल्पामा नागरिक अभिनन्दन लिँदै हिँडेका छन् । यही प्रकरणले गर्दा उनको सभामुख पद चट् भएपनि सांसद् पद यथावत छ । उनले आफू छिट्टै प्रतिनिधिसभाको बैठकमा सांसदको हैसियतमा सहभागी हुनेपनि बताइसकेका छन् । सोहीअनु्सार उनी आफ्ना मतदाताहरुसँग साक्षात्कार गरिरहेका छन् ।

उनले आफूलाई षड्यन्त्रपूर्ण ढंगले फसाइएको र समयक्रममा आफूलाई कसले र किन फसाए ? भन्नेबारे सविस्तार खुलासा गर्नेसमेत बताइसकेका छन् । महराले आपूm जनयुद्धकालमा हिँडडुल गरेका गाउँबस्तीतिर पनि पुगेका छन् । योसँग उनले युद्धकालिन समयको झझल्को समेत मेट्ने गरेका छन् । त्यतिमात्रै होईन, उनी दुई दशकपछि आफ्नो जन्मस्थानको घरमा समेत एक रात बसेको खबर बाहिर आएका थिए । राजनीतिक छवि एकाएक शुन्यमा झरेपछि महरा पूनः आफ्नो राजनीतिक हैसियत पूनरावृत्ति गराउने दौडधुपमा छन् ।

राजनीतिक बृत्तमा महराको पछिल्लो सक्रियतालाई लिएर उनको ‘कमब्याक’ कत्तिको सहज छ भन्ने विषयमा समेत बहस हुन थालेको छ । कतिपयले महरामाथि बलात्कारजस्तो गम्भीर आरोपको दाग लागिसकेकाले सहजै उनको राजनीति पुनरावृत्ति हुन नसक्ने विश्लेषण गर्न थालेका छन् । तर, महरा स्वयंम भने अदालतको सफाइसँगै उत्साहित बनेर आफ्नो राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन् । उनी जहाँ–जहाँ पुग्छन्, त्यहाँ–त्यहाँ उनलाई भव्य नागरिक अभिनन्दन गरिएको छ । त्यति मात्रामा उनलाई गलाभरि माला र खादाले थेगिनसक्नु भएको छ ।

महरा सार्वजनिक कार्यक्रममा देखिन थालेपछि यो प्रकरणमा जोडिएकी रोशनी शाहीको बारेमा समेत खोजिनिन्दा हुन थालेको छ । उनी संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी हुन् । उनकै बयानका कारण महराले अदालतबाट सफाइ पाएका हुन् । यो बीचमा महरा गृहजिल्ला र चुनावी क्षेत्रमा घुमघाम गरिरहँदा यता शाही पनि आफ्नो कार्यक्षेत्रमा फर्किसकेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्