Logo

कोरोना भाइरसको संक्रमित एक लाख नाघ्यो



एजेन्सी, २३ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या एक लाख नाघेको छ । मर्नेको संख्या ३३ सय कटेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले आज सार्वजनिक गरेको तथ्यांकमा संक्रमित संख्या एक लाख कटेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भने एक लाख नजिक मात्र पुगेको तथ्यांक सार्वजनिक गरेको छ ।

गत वर्षको अन्ततिर चीनको वुआन क्षेत्रबाट कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीनमा मर्नेको संख्या ३१ सय कटेको छ । संक्रमितमध्ये ९० हजारभन्दा बढी चीनमा छन् । चीनपछि इरान, दक्षिण कोरिया र इटालीमा संक्रमण फैलिएको छ ।

संक्रमण हुन नदिन विश्वका विभिन्न देशले नाकामा कडाई गरेका छन् । कतिपय देशले पर्यटक रोकेका छन् ।

विश्व अर्थतन्त्रमा कोरोना भाइरसले चार सय खर्बभन्दा बढी नोक्शान हुने प्रक्षेपण गरिएको छ । रोगको औषधी र खोपका लागि विश्वभरका ठूला औषधी कम्पनिहरु सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्