Logo

केही अभाव छैन, कृत्तिम अभाव सृजना गर्नेलाई छाड्दैनौं- आपूर्तिमन्त्री भट्ट



काठमाडौं, २४ फागुन । आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेलाई कडा कारबाही अगाडि बढाइएको बताएका छन् । कोरोना भाइरसको त्रास मच्चाएर कालो बजारिया गर्नेहरु सक्रिय भइरहँदा उनले त्यसको जानकारी दिन र ठाउँका ठाउँ कारबाही गर्ने चेतावनी समेत दिएका छन् । यसबारे मन्त्री भट्टसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
देशमा जताततै खाद्यान्न अभाव हुनथाल्यो नि किन ?
अहिले कोरोना भाइरसको विश्वभरि प्रभाव परेको छ । तर, अहिलेसम्म हाम्रोमा त्यसको प्रभाव परेको कसैमा पनि छैन । विशेष गरी भारतको दिल्लीमा प्रभावित भएको पाइएपछि यता पनि त्यसको असर पर्छ । अनि नेपालमा केही पाइँदैन भन्ने आतंक नेपालमा भयो । त्यसकारण मानिसले आपूmलाई चाहिनेभन्दा बढी वस्तु किन्ने, लाइन लाग्ने । कतिपय मिडियाले पनि त्यस्ता खाले समाचार सम्प्रेषण गरेपछि बजारमा त्यस्तो अभाव भएको होकी भन्ने आभाष भएको हो । हिजा मात्रै हामीले नेपाल खुद्र व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल खाद्य व्यवस्था विभाग र साल्ट्रेडिङ लिमिटेड सबैसँग हामी रेकर्ड लिँदा त्यस्तो कुनै अभाव छैन । तर, मान्छेहरु हिजो जति डिमान्ड गर्थे अथवा लिएर जान्थे । जस्तो १० केजी लिने मान्छेले आज एक क्विन्टल लिइरहेको छ । यस्तो स्थिति हो भनेर रिपोर्ट आयो । अहिले अनुगमन टिमलाई पनि बढाएका छौं । हिजो हामी मन्त्रालयमै पत्रकार सम्मेलन गरेर ६ महिनाको लागि खाद्यान्न पर्याप्त भएको स्पष्ट पारेका छौं ।
तपाईहरुले अभाव छैन भनिरहँदा जनता मान्न तयार भएनन् नि ?
उनीहरुलाई कोरोनाको प्रभाव नेपालमा पर्यो भने केही पनि पाइन्न भन्ने एकखालको आतंक जनतासामु भएको छ । आमजनतालाई हामीले अनुरोध गरिरहेका छौं । यस्तो खालको कुनै समस्या होइन भनेर । अहिलेसम्म नेपालमा त्यस्तो कुनै पनि प्रभाव परेको छैन । फेरि सरकारले एयरपोर्ट लगायत विभिन्न नाकाहरुमा मेडिकल टिमदेखि विभिन्न सचेतनाका उपयहरु अपनाएको छ । यो पछि अर्को के गर्ने भनेर हामीले विभिन्न विकल्पहरुको सोच गरिरहेका छौं । हिजो मात्रै माननीय गगन थापाले प्रस्ताव राख्नुभएको थियो । त्यसमाथि पनि छलफल भएको छ । त्यसो भएर अहिले नै आत्तिहाल्नुपर्ने मैले केही देखेको छैन ।
कालाबजारीलाई कारबाही गर्नुप¥यो नि खोइत कारबाही गरेको ?
हिजो छोडेर अस्ति मात्रै केही व्यापारीलाई कारबाही भएको छ । अहिले पनि हाम्रो वाणिज्य विभाग अनुगमन टोली गइरहेको छ । औषधि विभागको पनि त्यसैसँग ज्वाइन्ट टिम भएर परिचालित भएको छ । अझ प्रभावकारिता बढाउन थप टिमहरु बनाउन लागिरहेका छौं । त्यस्तै स्थानीय र प्रदेश सरकारहरु पनि त्यसैगरी लागिरहेका छन् । त्यो भएर यहाँ जनताले आत्तिनुपर्ने कुनै कारण छैन ।
तपाईंहरुले औषधिमा पनि कुनै अभाव छैन ६ महिनाको लागि स्टक छ भन्दा पनि जनतामा के कारणले विश्वास पलाएन ?
सबै वस्तुस्थिति जनतासामु हामी अवगत गराएका छौं । कारण के भने हामी नेपालीहरुमा भोलि के हुने हो भन्ने सोचाइ र व्यापारीहरुमा पनि केही अनियमितता गरेर काउन पाइन्छ कि भन्ने होला । अहिले नै त्यस्तो मूल्य बृद्धि भइहालेको पनि छैन । हिजो फलफूल तरिकारी महासंघका अध्यक्षलाई पनि हामीले बोलाएका थियौं । उहाँले पनि फूजी स्याउमा मात्रै २० प्रतिशत बढेको छ, अरुमा त्यस्तो बढेको छैन भन्ने जानकारी दिनुभयो । हामी त्यस्तो कालाबजारी हुन दिँदैनौं । राष्ट्रलाई समस्या परेका बेला हामी पनि राज्यसँगै उभिने छौं भन्नुभयो । त्यो भएर म जनतालाई एकदमै विस्वस्त हुन अनुरोध गर्दछु ।
तपाईंंहरुले जतिसुकै आत्तिनुपर्दै भने पनि कुनै आत्मनिर्भरता बनाउन सक्नुभएन, भारतले खाद्यान्न, प्रेट्रोलियम पदार्थ पठाएन भने हाम्रो देशमा हाहाकार हुन्छ होइन ?
त्यसरी पठाएन भने भन्ने कुरा नगरौं, पठाइरहेको छ । जहाँ समस्या देखिएको त्यहाँ तुरुन्त भारतसँग पनि पहल गरेका छौं । केही नीतिअनुसार डिले गरेको थियो त्यसलाई सुचारु गरेको छ । औषधिमा केही हल्लाहरु आएको थियो । उसले आफ्नोमा समस्या आइसकेपछि २६ वटा औषधि पठाउन सकिन्न भनेको थियो । त्यसपछि हाम्रो वाणिज्य सचिवले त्यहाँका वाणिज्य सचिवसँग तुरुन्तै पहल गर्नुभयो । त्यसपछि उहाँहरुले तपाईंहरुलाई कुनै किसिमको समस्या हुन दिँदैनौं भन्नुएको छ । अझ पेट्रोलियम पदार्थ त सुचारु रुपले आएको अहिले त्यस्तो रोकिने कुनै समस्या नै छैन ।
अनि ग्याँसमा चाहीं किन हाहाकार भयो ?
ग्याँसको पनि आयातमा त्यस्तो कुनै अभाव छैन । लिन जाने मान्छेले हल्ला हुने बित्तिकै दुईवटा सिलिन्डर लाने मान्छे ४-५ सिलिन्डर लिएर जान्छ । अब हामीले त्यसको मापदण्ड नै बनाएर योभन्दा बढी नदिने भनेर नियम बनाउँदैछौं ।
तपाईंहरुले बनाएको मापदण्ड अनुसार मुलुक अगाडि बढेको छ ?
त्यसलाई कडाईका साथ लागु गर्ने कुरा हो ।
लागु गर्न त सक्नुभएन नि ?
लागु गर्न सकिन्छ । नसक्ने प्रश्नै आउँदैन ।
एकजनाले एउटा सिलिन्डर लिनुपर्ने १० वटा लिए अनि खोइत कारबाही भएको ?
कसेल कति लगेर लुकाएका छन् । त्यसको टिम बनाएर अनुगमन गरेर भनेर हिजो नै आयल निगमलाई अनुरोध गरिसकेका छौं ।
अनुगमन किन प्रभावकारी भएन तपाईं कहाँनेर चुक्नुभयो ?
म चुकेको छैन । अनुगमन भइरहेको छ । अहिले जुन स्थिति सिर्जना भएको त्यसको न्यूनिकरणको लागि त्यो टिमले मात्रै पुग्दैन । अब हामी सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेर फेरि हामी प्रभावकारी टिम बनाउनेतिर जान्छौं । हामीसँग भएका जे–जति जनशक्तिहरु छन्, तिनलाई एकदमै प्रभावकारी ढंगले परिचालन गरेका छौं । त्यसबाट समस्या समाधान हुन्छ ।
संसद्मा पनि तपाईं एकजुट छौ भन्नुहुन्छ तर जनतामा कोरोना लागिसकेपछि पनि निको हुन्छ आत्तिनुपर्दैन भनेर किन जनतासामु जान सक्नुहुन्न ?
यसको लागि हामीले प्रभावकारी योजनाहरु बनाएका छौं । तपाईंहरुको सञ्चारमाध्यम मार्पmत पनि गरिदिनुपर्ने हुन्छ । कोरोना भाइरसबाट हामी आतंकित हुनुपर्ने अवस्था छैन । सतर्क चाहीं हुनुपर्छ । नलाग्नको लागि सावधानीहरु अपनाउनुपर्छ । त्यसको तयारी सरकारले पूर्ण रुपमा गरेको छ । यसको उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई मनोबल बढाउने, त्यसका उपकरणहरु सहज हुने र आस्वस्त बढाउने कामको योजना पनि नेपाल सरकारले बनाएको छ । त्यसको लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति बनेको छ । त्यसले नीतिहरु बनाइरहेको अब त्यसलाई कार्यान्वयनका लागि लागिरहेका छौं ।
तपाईंहरुले जति नियम बनाएपनि कालाबजारियाहरुलाई जसरी कारबाही हुनुपर्ने हो त्यो भएको छैन नि ?
अनियमितता गर्नेलाई कारबाही पनि भइरहेको छ । हाम्रो अनुगमन टिम पनि गइरहेको छ । यही मिडियामार्पmत भन्न उपभोक्तालाई म भन्न चाहन्छु, ‘तपाईंहरुले जहाँ अभाव पाउनुहुन्छ, जहाँ अभाव सिर्जना गरेका पाउनुहुन्छ त्यो वाणिज्य विभागलाई जानकारी दिनुहोस् भन्न चाहन्छु । त्यस्तो पाइएमा कारबाहीका लागि हामी जतिखेर पनि तयार छौं ।
तपाईंले यसो भनिरहँदा मन्त्रीहरुले बोलेको कुरा पुरा गरेनन् भन्ने जनगुनासो छ नि ?
जनताका आवश्यकता पुरा गर्न हामी र हाम्रो मन्त्रालय सक्रिय छ । नेपाली जनतालाई म के आस्वस्थ पार्न चाहन्छु भने, ‘हामी जथाभावी हल्लाको भरमा नआत्तिऔं । हामीसँग आवश्यक सामग्रीहरु जति पनि स्टक छन् । हाम्रो लागि आद्यान्न ६ महिनाको लागि छ, नुन १० महिनाको लागि छ भने तेल निर्वाध रुपमा आइरहेको छ । त्यत्तिकै मात्रामा ग्याँस पनि आइरहेको छ । घरमा आवश्यकता भन्दा बढी ग्याँस, तेल, खाद्यान्न भण्डारण नगरौं । त्यस्तो स्थिति छँदैछैन । हाम्रो खाद्य भण्डारणमा अहिले पनि २५ हजार मेट्रिकटन चामल, २० हजार मेट्रिकटन धान छ । अरु आवश्यक सामग्रीको पनि व्यवस्था गर्दैछौं । ग्याँस पनि भारतबाट निर्वाध रुपमा आइरहेको छ त्यस्तो स्थिति होइन ।
त्यसोभए भारतबाट आउने कुनै पनि वस्तुहरु रोकिएको छैन ?
भारतबाट आउने सामग्रीमा कुनै रोकटोक त्यस्तो भएको छैन । सबै सर्वसुलभ ढंगले आइरहेको छ ।
विदेश जानेको संख्या त ह्वात्तै घट्यो नि किन ?
विदेश जानेको संख्या घट्नुमा कोरोना भाइरसको प्रभाव पनि हो, सतर्कता पनि हो । सकेसम्म ती मुलुकहरुमा अहिले नजाँदै राम्रो हुन्छ भन्ने नेपाल सरकारको आह्वान पनि त्यसले घट्नु स्वाभाविक हो ।
स्कुल, कलेज बन्द गर्ने योजना छ कि छैन सरकारको ?
त्यसको बारेमा पनि सरकारले छलफल गरेको छ । आवश्यक परेको खण्डमा स्कुल, कलेज, मेला, महात्सव, भोजभातेरलाई बन्द गर्ने बारेमा छलफल भइरहेको छ । त्यो सतर्कता अपनाउने कुरा हो । कुनै कखतरा मोल्नुभन्दा पहिला नै सतर्कता अपनाउने हो ।
जनतालाई आश्वस्त पार्नुपर्नेमा संसद् नै बन्द गर्नुपर्छ भनेर तपार्इंंहरु नै आत्तिनुभयो नि ?
हामी आत्तिएका छैनौं । विचार, छलफल हुन्छन् कसैले कुरा उठाउँछन् । संसद्मा पनि २७५ जनाको उपस्थिति त हुन्छ नि । त्यो पनि ठूलै ग्यादरिङ हो । बन्द गर्ने नगर्ने भनेको एउटा विचार राखेका हुन्, निर्णय नै भएको छैन ।
त्यसोभए जनता आत्तिनुपर्दै आपूर्ति व्यवस्था सहज छ ?
सहज छ, हुन्छ, जनता आत्तिनुपर्ने त्यस्तो केही कारण छैन ।

कालाबजारीयाहरु कारबाहीमा पर्छन् ?
निशिचत रुपमा कालाबजारी गरेको खण्डमा हामीले उहाँहरुलाई छोड्ने प्रश्नै आउँदैन ।
आर्थिक लेनदेनमा फस्नुहुन्छ नि तपाईंहरु पनि समस्या त छन् नि ?
अनुगमनमा गएर आपैm आर्थिक लेनदेनमा फस्छ भने त्यसलाई पनि कारबाही हुन्छ नि । ऊ चाहीं बच्ने भन्ने कुरै हुँदैन ।
मिडियाहरुले माक्समा कालाबजारी बढ्यो भनेर पहिलादेखि उठाउँदा पनि तपाईंहरुको ध्यान गएन नि ?
पहिलो कुरा नेपाली बजारमा माक्स लगाउने कमै थिए । कसैले काठमाडौंंको प्रदुषबाट बच्न लगाउँथे । त्यसको डिमान्ड पनि धेरै थिएन, महिनाको २५ हजार हाराहारी मात्रै थियो । अहिले कोरोनाको कारणले त्यसको डिमान्ड बढ्यो । त्यसमा केही बदमासी गरेका छन् । अस्ति मात्रै बदमासी गर्नेहरुलाई ४ लाख ३० जरिवाना गरिसकेका छौं । पहिला माक्स अस्पिटलमा डाक्टरहरुले र केही अरु लगाउँथे । अहिले एक्कासी डिमान्ड बढेकाले अभाव भएको हो । अहिले त्यसलाई अभाव हुन नदिन सरकारले के कति दिनुपर्ने दिन्छौ ल्याउनुहोस् भनेर अनुरोध गरेका छौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्