Logo

इरानको जस्तो कोरोना भाइरस ह्वात्तै फैलिए के गर्ने ? गगन थापा



काठमाडौं, २४ फागुन । नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । सरकारकै विभिन्न निकायहरुबाट भाइरसको संक्रमण हुन नदिने नाममा प्रेस विज्ञप्तिहरु जारी गरिएकोप्रति उनले गम्भीरता देखाएका छन् । थापासँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

तपाईंले कोरोना भाइरसविरुद्ध सदनमा पेश गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भयो होइन ?
हो, सर्वसम्मत रुपमा पारित भयो ।
त्यसमा कसैको विमति रहेन ?
सार्वजनिक रुपमा उठेको प्रश्न त्यसमा पनि सबैको चासोको विषय भएकाले मन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभयो ।

प्रस्ताव त सर्वसम्मत रुपमा पारित भयो तर कोरोना भाइरसको कारण आत्तिनु पर्दैन भनेर जनतालाई किन आस्वास्त पार्न सक्नुभएन ?
त्यसैको प्रयासको राखिएको प्रस्ताव हो । तपाईंसँग कार्यक्रममा बोल्दै गर्दा केही बेर अगाडि एउटा साथीले पठाएको समाचार हेर्दै थिएँ । लम्की चुहा नगरपालिकाले हिजो एउटा विज्ञप्ति निकालेको रहेछ । त्यसमा लेखिएको रहेछ हर्दी, बोजो खायो भने यो भाइरस निको हुन्छ त्यसैले खानु होला भनेर विज्ञप्तिमा लेखेको छ । स्थानीय सरकारले त्यसो भनिसकेपछि नागरिक त अलमलमा पर्ने भयो । त्यो भएर हिजोको प्रस्तावमा हामीले के भनेका छौं भने, ‘सरकारले जम्मा एउटा प्लेट फर्म बनाऊँ, र, आफ्नो देशभरि रहेका सरकारहरुलाई यो सूचना बाहेक अरु कसैले पनि अन्य सूचना नदेऊ, जनतालाई सूचनालाई सूचना दिनुछ भने मैले दिएको सूचनालाई नै तिमी फेरि राख, अरु दिन पाइँदैन भनेर तपाईंहरु जानुपर्छ ।’ अहिले धेरै सूचनाहरु आउँछन् त्यसैले बढी सूचना भएर पनि मानिसहरु आतंकित भएका छन् ।
त्यसोभए यो रोकका कारण नेपालीहरु आतंकित हुनुपर्दैन ?
यसको बारेमा एकदमै सावधानी नेपालले राख्नुपर्छ । कुनै पनि बेला यो भड्कन सक्छ । नभड्कियोस्, नपैmलियोस् त्यसको कामना गर्ने हो । पैmलिहाल्यो भने के गर्ने भन्नेबारे पूर्व तयारी हुनुपर्छ । त्यसँगसँगै अर्को जस्तो सिक्किममा अमेरिकन नागरिकमा एउटा देखियो । त्यो अमेरिकन नागरिकलाई देखिनासाथ सिक्किमले सूचना जारी गरिदिएर त्यहाँ नेपालीलाई समेत अब यो लाइनभित्र प्रवेश गर्न नपाउने भनेर बनाइदियो । हाम्रोमा इटाली, चाइनालगायत संक्रमित देशबाट हाम्रो एयरपोर्ट आए । त्यहाँ हामीले उनीहरुको ज्वरो चेक ग¥यौं । ज्वरो थिएन, नहुनु भएको त त्यसले धेरै कुरा बताउँदैन । त्यसपछि उनीहरु निर्वाध रुपमा नेपाल घुमिरहेका छन् । त्यस्ता नागरिकहरुलाई कि नेपाल आउनेबित्तिकै चीनले जस्तो क्वारेनटाइनमा राख्नुप¥यो । त्योसम्म हामी जान सक्दैनौं भने ती प्रत्येक नारिकयको ट्रयाकिङ राख्न सक्नुप¥यो । बेलाबेलामा त्यसलाई चेकजाच गरियो भने भारतमा भएको अमेरिकन नागरिकलाई देखिए जस्तो धेरैलाई पैmलिन दिँदैन । हामीले त सरकारलाई मद्दत गर्ने आवाज उठाउने हो । काम गर्ने त सरकारले नै हो ।
संसद्मा सत्तापक्ष र प्रतिपक्ष एकमत त भए तर यसकोबारेमा गम्भीर किन नभएको ?
यसका दुईवटा पक्षहरु छन् । एउटा नेपालभित्र संक्रमण भित्रिइन नदिन के के गर्ने हो । त्यसको लागि संक्रमित देशबाट आउने नागरिकको आवतजावत रोक्ने, वा आएकालाई) क्वारेन्टाइनमा राख्ने अथवा ती नागरिकको ट्र्याकिङ गर्ने । अर्को समस्या भनेको हाम्रो स्थल नाकाबाट भइराखेको छ । हामी खाली हवाइ उडानको कुरा गरिराखेका छौं । अर्को नेपालबाट बाहिर जाने अहिले हाम्रा केही सांसद्हरु जापान गइरहनुभएको छ । हामी ती ठाउँहरुमा हामी जाने कि नजाने अर्को ध्यान दिनुपर्ने कुरा यो पनि हो । अर्को फेरि तयार गर्दा गर्दा इरानको जस्तो भयो जस्तो अघिल्लो दिनसम्म एउटा पनि समस्या देखिएको थिएन । भोलिपल्ट दुईजना मान्छे मरिसके । यसरी हेर्दा भोलिपल्ट सांसदहरु नै संक्रमित भइसके । यस्तो नेपालमा आयो भने के गर्ने त्यसको लागि हामीले अस्पताल बेस तयारी गर्नुपर्यो, ल्याब हुनुप¥यो । हाम्रो सुक्रराज अस्पतालमा सामान्य तयारी छ । कतिवटा आइसुलेसनको बेड तयारी गर्ने । खरिपाटी जस्तो क्वारेनटाइन कति ठाउँमा रेडी बनाएर राख्ने । त्यसको लागि लोकल ठाउँमा कति तयारी गर्ने ? स्वास्थयकर्मीहरुलाई तालिम यी सबै कुराहरु स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने काम हुन् । हिजो मैले आपूmले काम गरेर आएको अनुभवको आधारमा पनि सबै कुरा हिजो सुनाएका छौं । कतिपय कुराहरु मन्त्रीले टिपेर पनि लानु भएका छौं । राम्रो व्यवस्थापन गर्नुपर्छ । यो एउटा अवसर पनि हो । यो अवसरको उपयोग गरियो भने भोलि केही भइहाल्यो भने पनि त्यसबाट हुने जोखिमलाई घटाउन सकिन्छ ।
संक्रमित देशहरुमा आवतजाओत रोकिएको छैन, जापानको प्लेन पनि उडिरहेको छ नि ?
यसबारेमा यस्तो चीनले अहिले पनि कोरियाबाट आउने नागरिकलाई बन्द गरेको छैन । उसले तिनीहरुलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्छ । कोरियाबाट आउनेलाई अस्ति हामीले चाइनाबाट आउनेलाई जस्तै गरेपछि मात्रै आफ्नो घर पठाउँछ । भारतले अहिले सबै देशको भिसामा रोक लगायो जुन जान चाहन्छ उसले कोरोना भाइरस छैन भन्ने प्रमाण लिएर आयो भने मात्रै भिसा दिने भयो । जस्तो युएईले दुवईबाट आउनेलाई पुरै प्रतिबन्ध लगाइदियो । जापानले कोरियाबाट आउनेलाई दुईवटा एयरपोर्टभन्दा लानै दिन्न भन्यो किन भने दुईवटामा क्वारेन्टाइन हुने भयो । यतिखेर अरु संक्रमित देशलाई पुरै बन्द गर्दा पनि अर्थतन्त्र चल्दैन, अनि सावधानी अपनाएर अगाडि जाने हो बाहिरका देशहरुले पनि त्यही गरेका छन् । हाम्रो अवस्था पनि कोरिया, चाइना लगायतबाट आउनेलाई नेपालले पुरै प्रतिबन्ध लगाउँछु भन्न सक्ने अवस्था होइन । त्यो हो भने यहाँ आउने हो भने क्वारेनटाइनमा त बस्नैपर्छ केही न केही त भनेर जाने हो कि भन्ने हुन्छ ।
क्वारेन्टाइनमा राख्न नेपालसँग साधन, स्रोत र जनशक्ति छ र ?
यसमा दुईवटा कुरा हुन्छन् । जस्तो एउटा सेल्फ क्वारेन्टाइन कतिपय देशहरुमा त्यो पनि गरेका छन् । उनीहरुले हाम्रोमा आइसकेपछि यति दिन तपाईंहरु क्वारेन्टाइन अथवा आइसुलेसनमा बस्नैपर्छ भनेर कमिटमेन्ट गराएका छन् । केही त केही त तयारी हुनुपर्छ । सरकार अर्को केमा पनि सतर्क हुनुपर्छ भने यसले अर्थतन्त्रमा ठूलो जोखिम छ । सँगसँगै हामीले अन्य खर्चलाई घटाएर पनि यसलाई स्रोतहरु जुुटाउनुपर्छ । हामीले यतिबेला अन्य, गाडी, घोडा जस्ता विलासिताका सामान किन्नुभएन । जनताको जीऊधनको सुरक्षा गर्ने सरकारको पहिलो दायित्व हो त्यसको लागि सचेत हुनुपर्छ ।
हाम्रो चीन र भारतसँग भएका खुल्ला सीमानामा त कड्याईं हुन सकेको छैन ?
हामीले हिजो संसद्मा उठाएको विषय नै हवाइ उडानबाट आउनेभन्दा पनि भूईंबाट आउनेको संख्या बढी । फेरि हाम्रोहरु धेरै छिमेकी मुलुक भारतमा धेरै कामदारहरु जाने गर्द छन् । अहिले होलीको कारणले सीमानामा अहिले आउनेजानेको संख्या धेरै छ । भारतबाट, चाइनाबाट छिर्ने नागरिकहरुलाई जचाउनका लागि स्वास्थ्यकर्मीहरुलाई सामान्य साधन, स्रोत पनि दिन सकेका छैनौं । यतिबेला त सरकारले आज शनिबार हो आइतबार गर्छु भनेर हुँदैन । अहिले त इमर्जेन्सी अहिले नै गर्नुपर्छ । गृहमन्त्रीले शुक्रबार निर्देशन दिएपछि आइतबार नै रिजल्ट चाहिन्छ । जस्तो शुक्रबारको निर्देशनमा आइतबार भिन्नता आयो भने इमर्जेन्सीमा काम गरेको जस्तो हुन्छ । होइन भने नियमित काम जस्तो मन्त्रिले निर्देशन दिने भोलिपल्ट पत्रिकामा छापिने काम केही नहुने त्यो चाहीं डर भयो ।
जस्तो अहिले संसद् पनि बन्द गर्ने, स्कुल, कलेज, भोजभतेर, सभासम्मेलन, मेला, महोत्सब सबै रोक्नुपर्छ भन्दा जनतामा हाम्रो देशमा कोरोना आयो भन्ने सन्देश जाँदैन ?
हामीले यसलाई बुझाउन नसेकेको हो । जस्तो बाहिरबाट संक्रमित मान्छेलाई आउन दिएनौं भने भाइरस आउँदैन भने जस्तै कोही मान्छे संक्रेमित तर कम मान्छेसँग भेटघाट गर्यो भने त्यो संक्रमण सर्न पाउँदैन । अर्को एउटा विदेशबाट आएको एउटा नागरिक जसलाई संक्रमित भएको छ । आज टेकूमा लाँदा थाहा पायौं भने उसलाई गएको १४, १५ दिनमा के के ग¥यौं ? कहाँ–कहाँ गयौं, कुन–कुन बस चढ्यौं भनेर उसलाई सोध्छौं । त्यसपछि उसले भेटेका मान्छे, सबेकोृ ठाउँ, खाएको ठाउँमा चिनियो भने पो तुरुन्तै चेकजाच गराउन सकिन्छ । नेपालमा त ऊ कहाँ–कहाँ को– को सँग गयो भनेर हेर्ने व्यवस्था छैन । त्यसैले प्रत्येक नागरिकले सकेसम्म कम मान्छेसँग भेटघाट गर्ने कम मान्छेसँग बस्ने । जस–जसलाई भेटघाट बसउठ गरिन्छ त्यसलाई टिपेर पनि राख्ने त्यो काम नलाग्न पनि सक्छ र एकदमै काम लाग्न सक्छ । यो कुृरा अरु सबै ठाउँमा सभासम्मेलन नगरौं भनौं तर भोलि हामीले हाम्रा छोराछोरीहरु स्कुल लिएर जानुपर्छ । त्यहाँ धेरै मान्छेहरुसँग हेलमेल हुन्छ बस चढेर जानुपर्छ ।
यसले गर्दा स्कुल, कलेजहरु बन्द गर्नुपर्छ भन्ने पक्षमा ?
सभासम्मेलनहरु रोकिरहेको बेलामा विद्यालयको बारेमा पनि पुनः विचार गर्नैपर्छ । बरु विद्यालयहरु वैकल्पिक उपायहरु सोच्लान् । अरु देशमा पनि त्यस्तो गरिएको छ । हिजो हामीले त्यो कुरा पनि राखेका छौं अब सरकारले कसरी सोच्छ ।
एसईईको परीक्षा चाही सोचेकै समयमा हुन्छ भनिएको छ नि ?
त्यो कुरा ईश्वर पोखरेल बस्नुभएको समितिमा बसेर सभासम्मेलन चाहीं किन रोक्ने र परीक्षा चाहीं किन गर्ने ? त्यसले प्रत्येक कुरालाई यसरी सोच्नुभयो हेर्नुभयो भने हुन्छ । बरु बेलुका हाम्रो सरकारको त्यो समितिले यहाँ मन्त्रीहरुले त्यो बोल्नुहुन्छ भन्ने हुनुपर्छ । हिजो संसद्मा पनि धेरैलाई अनेकखालका जिज्ञासाहरु छन् । कोही भाइरसका बारेमा हामी आपैm जानेका छौं । सबैले आ–आफ्नो भिजन दिनुभन्दा पनि सबैले निचोड निकालेर एउटै भिजन दिन पाए राम्रो हुने थियो ।
यसमा त कांग्रेस कम्युनिस्ट सबै मिलेर कायकर्ताहरुलाई गाउँ–गाउँ पठाएर नआत्तिनोस् भनेर सन्देश पैmलाउने होइन र ?
हो, त्यसमा अगि मैले भनेको जस्तै म कांग्रेसको मान्छे हुँ । ऊ नेकपाको मान्छे त्यो उसले भनेको यसलाई मान्नुहुँदैन । अथवा कांग्रेसको मान्छेले भनेको मान्नुहुँदैन भन्ने हुनुहुँदैन । हामी त्यसरी गाउँ–गाउँमा जाँदा सरकारले दिएको आधिकारिक सूचना नै बोकेर जानुपर्छ । अहिले त हामी भइभित होइन सावधान हुन खोजेको हो । हामीले अहिले कुनै देशसँग वारमा जाँदै छ । उसले के के तयारी गरेको हुन्छ । युद्ध गर्न परेन भने खुसी हुन्छ । भयो भने त लड्न्ुपर्यो । त्यस्तै तयारी हामीले अहिले गर्नुजरुरी छ । हुँदै नहुनको लागि काम गरौं तर, भइहाल्यो भने के गर्ने भन्नेमा नडराइकन तयारी गरौं । जसरी ईंश्वर पोखरेलको नेतृत्वमा सावधानी अपनाउन सूचना प्रवाह गर्ने समिति बनेको त्यसबाट सबैलाई एउटै खालको सावधानीको लागि सूचना प्रवाह गरौं । सबैले सावधानी अपनाऔं ।



प्रतिक्रिया दिनुहोस्