Logo

राज्य व्यवस्था समितिले रक्षामन्त्री र प्रधानसेनापतिलाई पत्राचार नगरेको खुलासा



काठमाडौं, २४ फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सेनाभित्रको भ्रष्टाचार छानबिनबारे रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाको नाममा एउटा पनि पत्राचार गरेको खुलासा भएको छ ।

स्रोतकाअनुसार सेनाभित्रको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न यसअघि भनिएबमोजिम सेनापति र रक्षामन्त्रीलाई बोलाउनेगरि पत्राचार भएको भन्ने कुरामा कुनैपनि सत्यता छैन् । हुन पनि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा मन्त्री पोखरेलले आफूलाई अहिलेसम्म राज्य व्यवस्था समितिबाट सो सम्बन्धमा कुनै पत्राचार नभएको स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिलेसम्म मेरो नाममा कुनै पत्र आएको छैन् । ईश्वर पोखरेल बिना पत्र, बिना निम्तो कहीँपनि जवाफ दिएर हिँड्दैन् । यदि जवाफ चाहिएको हो भने मलाई पत्र दिनुपर्यो । फलानो निम्तोको भरमा म कहीँपनि जाँदिन् । आधिकारिक पत्र चाहिन्छ ।’

उता, सैनिक मुख्यालय स्रोतकाअनुसार समितिले प्रधानसेनापति थापाको नाममा पनि अहिलेसम्म कुनै पत्राचार गरेको छैन् । स्रोतले भन्यो,‘राज्य व्यवस्था समिलिते प्रधानसेतापतिलाई सम्बोधन गरेर कुनैपनि पत्र पठाएको छैन् । र, बोलाएकै छैन् ।’ समितिले यही फागुन १९ गते रक्षा सचिवको नाममा पत्राचार गरेको र त्यसको भोलिपल्ट फागुन २० गते मात्रै रक्षा मन्त्रालयले सेनाका बलाधिकृतलाई सम्बोधन गरेको पत्र गरेको खुलेको छ ।

स्रोतको दाबी छ,‘रक्षामन्त्रालयले सैनिक मुख्यालयमा फागुन २० गते पत्र पठायो । त्योपनि समितिको छलफलमा बरिष्ठ अधिकृत पठाईदिने व्यहोराको पत्र थियो । प्रधानसेनापतिलाई आधिकारिक पत्र आएको छैन । मुख्यालयमा चाहीँ फागुन २० गते पत्र आएको हो ।’file photo



प्रतिक्रिया दिनुहोस्