२५ फागुन : अघिल्लो सातासम्म निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक गत साता ओरालो लागेको छ। अघिल्लो साता १९७ अंक कमाएको नेप्सेले गत साता १९६ अंक घटेको छ।
गत साताको अन्तिम कारोबार दिन नेप्सेले रातो डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरु बजार घट्न थालेपनि अन्योलमा परेका हुन्। तर, त्यसअघिका दिनहरुको तुलनामा सो दिन बिक्री चाप केही कमजोर देखिएको छ।
गत साता नेप्से परिसूचक एक हजार ४३५.७० विन्दुमा बन्द भएको छ। यस अनुसार आगामी दिनमा नेप्से ओरालो लागे एक हजार ३७५ विन्दुमा पहिलो टेवा पाउने सम्भावना रहेको छ। त्यसैगरी, नेप्से उकालो लागे एक हजार ५५० विन्दुमा प्रतिरोधको सामना गर्नेछ।
गत सात नेप्सेको ५ दिने मुभिङ्ग एभरेज र २० दिने मुभिङ्ग एभरेज एक आपसमा नजिकिएका छन्। यी दुबै मुभिङ्ग एभरेज एक आपसमा क्रस हुने हो कि होइन भन्ने आगामी दिनले बताउँछ।
बजारमा बढ्दो बिक्री चापका कारण नेप्सेको एमएसीडिले गत साताको बुधबार बियरिस क्रसओभर देखिएको थियो।
लघुवित्त उपसमूहको सूचकमा पनि डोजी
गत साता लघुवित्त उपसमूहको सूचकमा पनि डोजी मैनबत्ती बनेको छ। गत साताको अन्तिम कारोबार दिन सो मैनबत्ती बनेको हो। गत साता लघुवित्त उपसमूहको परिसूचक २ हजार ३०५.०५ विन्दुमा बन्द भएको छ। आगामी दिनमा लघुवित्त उपसमूहको परिसूचक ओरालो लागेमा २ हजार १०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, आगामी दिन सो समूहको परिसूचक २ हजार ५०० विन्दुमा प्रतिरोध पाउनेछ।
लघुवित्तको ५ दिने मुभिङ्ग एभरेजले २० दिने मुभिङ्ग एभरेजले माथिबाट काटेर तल झरेको छ।
गत साता लघुवित्त कम्पनीहरुको औषतमा ४२ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, पछिल्लो २० दिनमा लघुवित्तको ४३ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। मेरोलगानीबाट




प्रतिक्रिया