Logo

विश्व बजारमा तेलको मूल्य ह्वात्तै घट्यो; नेपालमा घट्ला ?



काठमाडौं, २६ फागुन । विश्व बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ । यो चार वर्षयताकै सर्वाधिक कम हो ।

कोरोना भाइरसका कारण विश्व बजारमा तेलको मूल्य घटेको हो । तेल उत्पादक देशहरुले घट्दो मूल्य नियन्त्रण गर्न भियनामा बैठक डाकेका थिए । रुससँग ओपेकले उत्पादन घटाउन प्रस्ताव राखेपनि अस्वीकार गरिदिएको छ । यसबाट तेलको मूल्य घट्न गयो ।

साउदी अरबले पनि तेल बजार आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ । उसले पनि उत्पादन घटाउन मानेको छैन । साउदीले उत्पादन बढाएर मूल्य ६ देखि ८ डलर प्रति ब्यारल सम्म पुग्ने अवस्था बनाएर रुसमाथि दबाब सृजना गर्न खोजिरहेको छ । यसकारण पनि अप्रिलमा तेलको मूल्य घटेर ८ डलर हुनसक्ने देखिएको छ ।

नेपालमा के होला ?
हालको अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपाल आयल निगमले देशभित्र गरेको कारोबारले ठूलो फाइदा लिइरहेको छ । एक महिनामै निगमलाई अरबौंको फाइदा हुने देखिन्छ । अहिले पेट्रोलको मुल्य प्रति लिटर १०८ र डिजेल ९७ रुपैयाँ छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ डलरमा झरेमा निगमले हालको मूल्यमा विक्रीवितरण गरेमा ठूलो धनराशी फाइदा गर्न सक्छ । उपभोक्ता भने मारमा पर्न सक्छन् । बढ्दा बढी मूल्य तिर्नुपर्ने तर अन्तर्राष्ट्रिय बजारमा घट्दा खासै नघट्ने कारण मारमा पर्नुपरेको हो ।



प्रतिक्रिया दिनुहोस्