Logo

इटालियन सिरी ए : युभेन्टसद्धारा ईन्टर मिलान पराजित



काठमाडौं, २६ फागुन । इटालियन सिरी ए अन्तरगत हिजो(आइतबार) राति भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई पराजित गरेको छ। उक्त खेल बन्द रंगशालाभित्र खेलाइएको थियो । ईटाली कोरोनाको संक्रमणबाट गुज्रिरहेको छ । त्यही भएर हिजोको खेल बन्द रंगशालाभित्र खेलाईएको थियो ।

युभेन्टसले इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । युभेन्टसको जितमा आरोन राम्सी र पाउलो डिबालाले गोल गरे। उनीहरूले क्रमशः खेलको ५४ र ६७ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै युभेन्टस लिगको शिर्ष स्थानमा उक्लेको छ।



प्रतिक्रिया दिनुहोस्