Logo

‘चपली हाइट ३’ को टिजर सार्वजनिक



काठमाडौँ, २६ फागुन । अर्को महिनाको २५ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को टिजर सार्वजनिक गरिएको छ । यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । पौने दुई मिनेट लामो टिजरमा सस्पेन्स थ्रिलर शैलिमा तयार गरेको जानकारी दिइएको छ । टिजरमा असिभनेत्री स्वास्तिमा खड्का र अभिनेता अर्पण थापा देखिएका छन् ।

अर्जुन कुमारले निर्माण गरेको यस फिल्ममा स्वास्तिमा र अर्पणका साथैसुपुष्पा भट्ट,महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दिपाश्री निरौला , लक्ष्मी बर्देवा, जीवन भट्टराईलगायतले अभिनय गरेका हुन् । अर्जुन कुमारको फिल्मस्को ब्यानरमा निर्मित यो फिल्म पुरानो फिल्म चपली हाईटको पुरानो श्रृँखला हो ।



प्रतिक्रिया दिनुहोस्