Logo

रग्बी खेलाडीले विपक्षी खेलाडीको लिङ्ग तानेपछि



एजेन्सी, २६ फागुन । इंग्ल्यान्ड र वेल्सबीच शनिबार रग्बी प्रतिष्पर्धा भइरहेको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा इंग्ल्यान्डका खेलाडीले अनुशासन विपरितको कार्य गरे । जसले उनीमाथि कडा अनुशासनको कारबाही हुनसक्ने भएको छ ।

इंग्ल्यान्डका खेलाडी जोय मार्लरले विपक्षी खेलाडीको लिङ्ग तानिदिए । वेल्सका कप्तान अलुन विन जोन्स मार्लरको उक्त कार्यपछि छटपटिएर लडे । मार्लर बेला बेलामा विवादास्पद भनाईले चर्चामा आइरहन्छन् । उनी विपक्षी टिमप्रति आक्रामक बन्ने गर्छन् । तर, शनिबारको कार्यले उनलाइ विवादमा मात्र पारेन अनुशासनको कारबाही भोग्नुपर्ने अवस्था बनेको छ ।

विश्व रग्बीले खेलको रिभ्यु हेरेर अनुशासनको कारबाही गर्ने भएको छ । छ राष्ट्रबीचको रग्बी म्याचमा खेल अनुशासन उल्लंघन गरेपछि मार्लरमाथि प्रतिबन्ध हुने तयारी भएको छ ।-Photo Source: Foxsports



प्रतिक्रिया दिनुहोस्