युएईमा दुई नेपालीमा कोरोना


काठमाडौँ, २७ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले नयाँ पत्रिकासँग टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन । सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् । आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको जानकारी आएको अस्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको पनि उनले बताइन् ।

‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ । त्यस्तै, स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण अर्थात् पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई०को विश्वव्यापी अभाव भएको छ । नेपालजस्ता विकासोन्मुख देशमा यसको बढी समस्या परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाआतंकसँगै उपकरण लुकाउने तथा दुरुपयोग गर्ने क्रम बढ्दा पिपिई आपूर्तिमा विश्वव्यापी समस्या देखिएको जनाएको छ । अत्यावश्यक उपकरणको बढ्दो अवरोधले नयाँ कोरोना भाइरस र अन्य संक्रामक रोगहरूले ज्यान जोखिममा पु(याउन सक्नेसमेत डब्ल्युएचओले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयसस भन्छन्, ‘सुरक्षित आपूर्तिविना विश्वभरिका स्वास्थ्यकर्मीहरूका लागि जोखिम वास्तविक छ ।’

स्वास्थ्यकर्मीहरू आफू र आफ्ना बिरामीबाट अरूलाई संक्रमण नहोस् भनेर व्यक्तिगत सुरक्षा उपकरणहरूमा भर पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोक्ने पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको सुरक्षा नै हो । स्वास्थ्यकर्मीहरू आफ्नो सुरक्षाविना कोभिड रोक्न सक्दैनन् । तर, नेपालसँग एक हजारको संख्यामा मात्रै पिपिई रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । सरकारले थप पिपिई खोजिरहेको भए पनि विश्वव्यापी रूपमा भएको अभावका कारण पाउने सम्भावना न्यून छ । डब्ल्युएचओले पिपिईको बढ्दो विश्वप्यापी माग पूरा गर्न उद्योग र सरकारलाई पिपिई उत्पादन ४० प्रतिशत बढाउन आह्वान गरेको छ । डब्ल्युएचओले अहिलेसम्म नेपालसहित ४७ देशमा निजी सुरक्षा उपकरण पठाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले पिपिई हालसम्म भने पर्याप्त रहेको बताइन् । त्यस्तै, आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षणका लागि १५ सय टेस्ट किट मौज्दात राखेको छ । दुई हजार किट खरिद गरेकोमा १५ सय बाँकी रहेको हो । तर, स्वास्थ्य मन्त्रायले कति मौज्दात चाहिन्छ भनेर सोधेकोसम्म छैन । झाका अनुसार एकैपटक धेरैको परीक्षण गरेको अवस्थामा किट कम खर्च हुन्छ । (नयाँ पत्रिकाबाट)