Logo

डलरले बनायो हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड, ११८ रुपैयाँ ८४ पैसा कायम



२७ फागुन : डलरले हालसम्मकै सर्वाधिक मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि प्रति एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २४ पैसा कायम गरेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा तय गरेको छ।

अघिल्लो दिनको तुलनामा प्रति एक डलरको मूल्य ५६ पैसा बढो हो। सोमबार प्रति एक डलरको मूल्य ११८ रुपैयाँ २८ पैसा रहेको थियो। यो हालसम्मकै सर्वाधिक मूल्य हो। यस अघि प्रति एक डलरको मूल्य ११८ रुपैयाँ ७३ पैसासम्म उक्लिएको थियो। गत वर्ष असोज २४ मा डलरले उक्त मूल्य भेट्टाएको थियो।

कोरोना भाइरस र कच्चा तेलको मूल्यमा आउन सक्ने गिरावटका कारण भारतीय रुपैयाँ कमजोर भएसँगै नेपाली रुपैयाँमा यसको असर देखिएको हो। भारतीय रुपैयाँसँग स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँ कमजोर भएको हो।

डलरको मूल्य आकासिएसँगै मुद्रास्फितिमा दबाब पर्ने भएको छ। मुद्रास्फितिलाई ६ प्रतिशतमा राख्ने केन्द्रीय बैंकको लक्ष्यदर ६.४ प्रतिशत पुगीसकेको छ। डलरको मूल्यमा आएको तेजिले मुद्रास्फितिमा थप दबाब पर्नेछ।

डलरको मूल्य बढ्दै जाँदा व्यापार घाटा थप बढ्नेछ भने ठुला आयोजनाको लागत समेत बढ्ने छ। विप्रेषण प्रवाहमा सकारात्मक असुर देखिए पनि आयातको मात्रा ठुलो भएकोले यसको असर समग्र देशको अर्थतन्त्रमा पर्नेछ। किनकि डलरको मूल्य बढ्नु नेपाली अर्थतन्त्रमा राम्रो मानिँदैन। मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्