Logo

रुसले अर्को हप्ता उपग्रह अन्तरीक्षमा पठाउने



२७ फागुन । ग्लोनास एम नेभिगेशन उपग्रहलाई मार्च १६ मा अन्तरीक्षमा पठाउने रिशेतनेभ सूचना उपग्रह प्रणाली कम्पनीले जनाएको छ । उपग्रहलाई पठाउने विषय कम्पनीले गत बिहीबार सार्वजनिक गरेका हुन् ।

ग्लोनास एम उपग्रहले सोयूज रकेट क्यारियरलाई मद्दत गर्न कक्षमा पठाउने जानकारी कम्पनीले दिएको छ । रिशेतनेभ सूचना उपग्रह प्रणाली कम्पनीका प्रवक्ता रोमन फ्याटकुलिनले यस वर्ष कक्षमा तीनवटा उपग्रह पठाउने जनाएका छन् ।

रुसी ग्लोनास कम्पनीको २८ वटा उपग्रह अन्तरीक्षमा गइसकेको समेत जनाइएको छ । त्यसमध्ये २३ वटा उपग्रहहरुले चाहे अनुसार काम गरिरहेको समेत जनाइएको छ । तीनवटा उपग्रह भने मर्मतका लागि फिर्ता ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्