Logo

प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा



काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार भएको जनाएका छन् । त्यतिमात्रै होईन, उनले प्रधानमन्त्री आफैले दार्‍ही काटेको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

उनले प्रधानमन्त्रीले नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताएका छन् । उनले लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्