Logo

विप्लवमाथिको प्रतिबन्ध एक वर्ष पुग्यो



काठमाडौं, २८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहमाथि लगाएको प्रतिबन्धको कतिपय पक्षबाट आलोचना भएपनि सरकारले कदमको बचाऊ गरेको थियो । विप्लव समूहले चन्दा आतंक, धम्की, डर त्रास र मच्चाएको भन्दै सरकारले २८ फागुन २०६५ मा प्रतिबन्ध लगाएको थियो ।

कुनैबेला विप्लवले सँगै राजनीतिक गरेका पूर्व माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएकै बेलामा प्रतिबन्ध लागेको थियो । बादल विप्लवप्रति कठोर बन्दै आएका छन् ।

यसैगरी विप्लव समूहले एक वर्षमा आफ्ना दशजना नेता कार्यकर्ता मारिएको, सयौंलाई जेल र हिरासतमा राखिएको जनाएको छ । उसले सरकार आफै बिघटनको संघारमा पुगेको दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्