Logo

चीनको राजधानी बेजिङ पुग्ने सम्पूर्ण विदेशी नागरिकलाई क्वारेन्टाइनमा राख्ने



एजेन्सी, २९ फागुन । चीन सरकारद्वारा बेजिङ पुग्ने सम्पूर्ण विदेशी नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । कम्युनिष्ट पार्टी कमिटीको संगठन विभागका उप प्रमुख जांग क्याङले सम्पूर्ण विदेशीलाई क्वारेन्टाइनमा राख्नेबारे बुधबार जानकारी दिएका हुन् ।

बिहीबार नयाँ नियम लागु गरेर १४ दिने क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको हो । भाइरसको संक्रमण देखा नपरेको देशहरुका नागरिहरुलाई समेत क्वारेन्टाइनमा जानकारी जांगले दिएका छन् ।

कम समयका लागि बिजनेश भिसामा बेजिङ जाने मानिसहरुलाई स्पेशल होटलमा राख्ने र भाइरसको परिक्षण गर्ने व्यवस्था गरिएको उप प्रमुख जांगले जनाएका छन् । तर, बिजनेस भिसामा रहेका मानिसहर्रु होटलबाट बाहिर निस्किन नपाउने समेत उनले बताए ।

मंगलबार बेजिङ छिरेका विदशी नागरिक मध्ये छ जना कोरोना संक्रमित रहेको पुष्टि भइसकेको छ । त्यस मध्ये पाँच जना इटालीयन नागरिक र एक जना अ‍ेमरिकन नागरिक रहेको जनाइएको छ । बुधबारसम्म बेजिङमा चार सय ३५ जना कोरोना संक्रमित केस दर्ता भएको जनाइएको छ । बेजिङमा उक्त भाइरसको संक्रमणबाट तीन सय २६ जना मानिस उपचारपछि सकुसल घर फर्केको जनाइएको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्