Logo

बालिका बलात्कार गरेको अभियोगमा पक्राउ



बारा, २९ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिकाको १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले करनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्