Logo

हीरा बन्न तीन अर्ब वर्ष लाग्छ



हिरा पृथ्वीको सतह देखि एकसय एकसट्ठी किलोमिटर गहिराईमा रहेको कार्बन तत्वबाट बन्दछ । जहाँ चट्टानहरु पग्लिएर तरल पदार्थमा रहेका हुन्छन् । सोही तरल पदार्थलाई म्याग्मा भनिन्छ । यसले कार्बनलाई हिरामा परिवर्तन गर्न चाहिने ताप र चाप प्रदान गर्दछ ।

कार्बन तिस किलोबार चाप र चारसय डिग्री सेल्सीयस तापमा उम्लीन्छ र ग्रेफाइट उत्पन्न हुन्छ । ग्रेफाइट सोहीताप र चापमा क्रिस्टल रुपमा परिवर्तन हुन्छ जसलाई हिराको जाली भनिन्छ । एक सय पचास किलोमिटर गहिराइमा धेरै भन्दा धेरै कार्बन तत्वहरु पचास किलोबार चाप र बाह्रसय डिग्री सेल्सीयस तापले खाँदिएपछी हिरा बन्दछ ।

हिरा शक्तिशाली ज्वालामुखीको विस्फोटनबाट बनेको किम्बरलाईट पाइपको माध्यमद्धारा पृथ्वीको सतहमा देखापर्दछ । अहिले देखिने हिराहरु करिब ३.३ अर्ब वर्ष पहिले देखि बन्न थालेका हुन् ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्