Logo

कस्तो हीरा कहाँ बन्छ



हिरा पृथ्वीको सतह तथा सतह नजिकै पाइन्छ । पृथ्वीको विभिन्न क्षेत्रमा विभिन्न प्रकारको हिरा निर्माण हुन्छ । ती यसप्रकार छन्ः

 पृथ्वीको आवरणमा निर्माण हुने हिराः भुगोलशास्त्रीहरुका अनुसार, पृथ्वीमा व्यावसायिक रुपमा चल्दै आएका सबै हिराहरु यस क्षेत्रमा निर्माण हुन्छन् र शक्तिशाली ज्वालामुखी विस्फोटनको कारणले पृथ्वीको सतहमा देखा पर्ने जनाएका छन् । पृथ्वीको यस क्षेत्रमा प्राकृतिक हिरा उत्पन्न हुन्छ ।

 पृथ्वीको क्रष्टमा निर्माण हुने हिराः पृथ्वीको यस क्षेत्रमा चट्टानयुक्त हिरा निर्माण हुन्छ । यो धेरै सानो हुन्छ र कम मात्रामा पाइन्छ । यस किसिमको हिरा व्यवसायीक रुपले उपयुक्त हुँदैन ।

 पृथ्वीको क्रेटरमा निर्माण हुने हिराः पृथ्वी छुद्र ग्रहसँग बारबार ठोक्किएर निर्माण हुने हिरा यस क्षेत्रमा पाइन्छ । यो कम मात्रामा पाइन्छ र व्यवसायमा यसको कुनै भुमिका हँुदैन ।

 अन्तरिक्षमा निर्माण हुने हिराः नासाका खोजकर्ताका अनुसार, अन्तरिक्षमा भएका केही उल्कापीण्डहरुमा धेरै संख्यामा अत्याधिक साना हिराका टुक्राहरु पाइन्छ । जसमा कार्बन तीन प्रतिशत मात्र हुन्छ । यस्तो हिरा कलकारखानाहरुमा प्रयोग गरिन्छ । यसलाइ हिराको स्रोत नै मान्ने गरिन्छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्