Logo

२० हजार घुस लिने वडा सचिव अख्तियारको फन्दामा



काठमाडौ, फागुन २९ । सेवाग्राहीसँग २० हजार घुस लिएको अभियोगमा वडा सचिवमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनलाई धनुषा, धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशील ठाकुरमाथि अख्तियारले मुद्दा दायर गरेको हो ।
ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरीएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्