Logo

हाच्छिउ किन आउँछ



जब हामी हाच्छिउ गर्छौं यसले शरीर सक्रिय बनाउने, रमाइलो बनाउने, निन्द्रा हराउने र प्रत्येक अंगहरुलाई सक्रिय बनाउने गर्छ । तर यो बारम्बार भएमा भने समस्या पनि उत्पन्न भएको हुन सक्छ ।

हाम्रो शरीरको मांशपेशीबाट फोहोरहरु बाहिर पठाउनको लागि नाकबाट मस्तिष्कमा सन्देश आउँछ । यो सामान्य पक्रिया हो । हाच्छिउ गर्दा छाती, पेट, डायफ्राम, गलाको पछाडी र आँखाको प्रयोग गरिन्छ । यी सबै मिलेर काम गरी नराम्रो पदार्थ लाई बाहिर निकाल्ने गर्छन् ।

हाच्छिउ मानवमा धेरै पटक हुने प्रक्रिया हो, जसमाथी हाम्रो कुनै नियन्त्रण नै हु्न सक्दैन । के कारणले छिऊ आउँने गर्छ त त्यसकोबारेमा आज हामी चर्चा गरौ ।
वास्तवमा हाच्छिउले हाम्रो प्रतिरोध क्षमता देखाउँछ, कुनै प्रकारको फोहोर नाकको माध्यमबाट प्रवेश गरी शरीरमा हानी पु¥याउने भएकोले शरीर भित्र नपुग्न र संक्रमण फैलन नदिनकोे लागि छिऊ आउनु आवश्यक छ । यसले शरीरको प्रतिरक्षा प्रणाली मस्तिष्कको माध्यमबाट काम गर्छ र हाच्छिउको माध्यमबाट यी अनावश्यक कणहरुलाई बाहिर निकाल्ने काम गर्दछ ।

हाच्छिउ आउने कारण
चिसोपनः चिसो मौसममा नाक सुनिन्ने हुनाले नाकमा संक्रमण बढी हुन्छ । हाम्रो प्रतिरक्षा प्रणालीलाई यस्ता बाहिरी फोहोरहरुबाट संक्रमण हुन नदिन हाच्छिउको प्रयोग गर्न सकिन्छ । हामीलाई थाहा नै हुँदेन कि छिऊ गर्ने भनेको शरीरको एक जटिल शारीरीक प्रक्रिया गरीरहेका छौ । यस प्रक्रियामा हाम्रो फोक्सो अन्य आन्तरिक अंगहरु प्रदुषणबाट सुरक्षित गराउँछन् । जब हामी हाच्छिउ गर्छांै सास फेर्न क्रममा पोलेको पनि अनुभुति हुन्छ । पोलिरहेको अनुभुति भित्री झिल्लीमा पनि हुन्छ । जसले हाम्रो स्नायु प्रणालीलाई पनि उत्तेजित गर्दछ ।

एक पटक छिऊ गर्दा हाच्छिउको गति १५० किलोमिटर भन्दा बढी हुने अनुमान गरिएको छ । हाच्छिउ आउने बित्तिकै हाम्रो फोक्सोले मुख र नाकको माध्यमबाट हावालाई द्रुत गतिमा छोडिदिन्छ ताकी नली वा नाकको अवरोध हटाउन सकिन्छ ।
हाच्छिउ आउँदा तपाईले आँखा चिम्लनुपर्छ ताकी आँखालाई कुनै पनि नोक्सानबाट बचाउनको लागि हो ।
कहिलेकाँही कोही मानिसहरुको नाक अति नै संवेदनशिल हुन्छ, जसको कारण हल्का धुलो वा एलर्जीको कारण लगातार हाच्छिउ आउँछ ।
निन्द्रामा तपाईलाई छिऊ आउन सक्दैन, निन्द्रामा प्रतिरक्षा प्रणालीको कार्य कम हुन्छ र उक्तसमय मांशपेशीहरुको आराम गर्ने समय हो । -एजेन्सीको सहयेगमा



प्रतिक्रिया दिनुहोस्