Logo

नाकको एलर्जीबाट कसरी बच्ने



आजकाल धेरै प्रकारका उलर्जी देख्न सकिन्छ । सबैभन्दा दुख दिने एलर्जी आँखा र नाकको एलर्जी नै हो । जब एक व्यक्तिको प्रतिरक्षा प्रणाली वातावरणमा उपस्थित भई हानीरहित पदार्थहरुको सम्र्पकमा आउँछन् । शहरी क्षेत्रमा यो समस्याहरु अझ धेरै छन् ।
नाकको एलर्जी मुख्यतया दुई प्रकारको हुन्छ । पहिलो वर्षमा एक पटक विशेष समयमा मात्र लाग्ने र दास्रो बाहमासी नै हुने, जुन वर्षभर रहन्छ । यी दुवै प्रकारको एलर्जीमा समान लक्षण हुन्छन् ।
मौसमी एलर्जीलाई घाँटी ज्वरो पनि भनिन्छ । यो वर्षको विशेष समयमा मात्र हुन्छ । मौसमी एलर्जी सामान्य कारणहरुबाट हुने गर्छ । घरमा फेला पर्ने सानो परजीवीहरुले पनि एलर्जी हुन सक्छ । घरमा हुने साना साना परजीवीहरुलाई वेवास्ता नगरी नियन्त्रण गरेमा सधैको लागि एलर्जी नियन्त्रण गर्न सकिन्छ ।
कारणहरु
एलर्जी आनुवंशिक रुप पनि हुन सक्छ ।
यो कुनै विशेष पद्वार्थको साथ लामो सम्पृकको कारण पनि हुन सक्छ ।
नाकको एलर्जी बढाउँने कारकतत्ब
 सिगरेटको धुवाँ
 बच्चाको जन्ममा कम तौल हुनु
 बच्चाहरुलाई बोतलमा बढी खुवाइन्छ त्यसमा परागकण धेरै हुन्छन् ।
उपचार
मौसमी एलर्जीको रोकथाम ः सबैचिजहरुलाई हटाउन सकिदैन, तर केही विधिहरु प्रयोग गरेर लक्षणहरुलाई नियन्त्रण गर्न सकिन्छ । यसले एलर्जीहरुको विरुद्ध संरक्षण पनि गर्न सक्छ ।
वर्षातको मौसममा बादल र वायु रहित दिनमा परागकणहरुको गति कम हुन्छ । तातो,सुख्खा र हावा चलेको मौसममा परागकणहरुले एलर्जीको लक्षणहरु बढाउन सक्छ त्यसकारण त्यस्तो दिनमा बाहिर नआई ढोका बन्द गरी राख्नु पर्छ ।
घरको बगैचा वा आँगनमा सफा राख्नुहोस् । घरलाई उज्यालो र रंगीन फुलहरुले सजाउँनुहोस् । यसले परागकण उत्पादन गरी जसबाट एलर्जी हुदैन ।
एलर्जीको उपचार
१.सबैभन्दा उत्तम तरिका सुरक्षा हो, जुन कारणले तपाईलाई एलर्जी भएको छ त्यस चीजबाट टाढा रहनुपर्छ ।
२. औषधीको प्रयोग गर्ने
३. इम्युनेथेरापी –यसमा बिरामीलाई इन्जेक्सन दिइन्छ ।
४.कपालभाती योगा
नाकको एलर्जी बेवास्ता गरी उपचार नगरेमा यसले साइनस, गला, कान र पेट का समस्याहरु निम्त्याउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्