Logo

विद्योत्माको गालीले कालिदास महान भए



कालिदास र विद्योत्माको विवाहपछि समय बित्दै गयो । विद्योत्मालाई कालिदास निकै बृद्धि भएको लागेको थियो, तर केही दिन पश्चात उनलाई कालिदासको थोरै मात्र बृद्धि भएको थाहा पाइन् । उनी साह्रै दुखी भइन् । आफू दुखी हुदै कालिदासलाई गाली गलौज गर्र्दै घरबाट निकालिदिइन् र भनिन् सच्चा पण्डित नबनी घरमा नआउनु ।
कालिदासले आफ्नो अपमानित भएकोमा दुख महसुस गर्दै सकल्प गर्दै घरबाट निस्के । उनले साँचो हृदयले काली आमाको पुजा गर्न थाले ।

त्यसपछि कालीको आर्शीवादले उनी साहित्यको सर्वोच्च ज्ञानी र बिद्वान भएर निस्के । यसपछि मात्र आफ्नो घर फर्किए र आफ्नो पत्नीलाई आवाज दिए, त्यहि आवाजले विद्योत्मालाई लाग्यो कि कोही विद्वान आयो भनेर अनि ढोका खोलिन् ।

यसरी कालिदासलाई आफ्नो पत्नीले अवहेलना गरेको कारण उच्च ज्ञान प्राप्त भई महान कवि बने । आज उनी विश्वका सर्वश्रेष्ठ कविहरु मध्ये एकमा गनिन्छन् । अझैपनि कालिदास जस्ता कविहरु संस्कृति र साहित्यमा जन्मेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्